close

संक्रमितलाई खजुरा घरमै पुगेर गर्छ स्याहार (भिडियो खबर)

संक्रमितलाई खजुरा घरमै पुगेर गर्छ स्याहार (भिडियो खबर)

ADVERTISEMENT

बाँके- कोरोना संक्रमणको दोस्रो लहरका बेला हटस्पट बनेको बाँके जिल्लामा जोखिमका दृष्टिकोणले तेस्रो स्थानमा परेको पालिका हो खजुरा । पालिकामा सबै भन्दा पहिला ५० शय्याको आईसोलेसन सेन्टर स्थापना गरियो । जसका कारण संक्रमितले शय्या नपाउने समस्या भोग्नु परेन ।

 

खजुरामा कोरोना संक्रमणको पहिलो केश वडा नं १ बाट सुरु भएको थियो । उक्त केशलाई राधापुर स्वास्थ चौकीमा अक्सिजन सहितको १० वटा र ५ वटा अक्सिजन विनाको गरी १५ शय्याको आईसोलेसन सेन्टर निर्माण गरी सञ्चालन सँगै उपचार सुरु गरेको थियो । सुरुमा स्वास्थकर्मी आफैपनि डराएको अवस्था थियो भने अहिले स्वास्थ्यकर्मीमा उच्च आत्मविश्वास छ ।

 
बाँकेको खजुरा गाउँपालिका-१ को राधापुर स्वास्थ्य चौकी महामारी नियन्त्रणमा अहोरात्र खटियो । कोरोना संक्रमितलाई गम्भीर हुनबाट अनेक प्रयत्न गरिए । संक्रमितलाई घरघरमै पुगेर सहयोग गरियो ।  होम आईसोलेसनमा बसेका ५० जना र आईसोलेसनमा भर्ना भएका १९ जनालाई स्वास्थ्य चौकीले संक्रमण मुक्त हुन निकै सहयोग गर्‍यो । 


खजुरा गाउँपालिकामा दोस्रो भेरियन्टको कोरोना संक्रमणबाट हालसम्म ७ सय ७९ जना संक्रमित भएका छन् । यी मध्ये ७० जना खजुरा आईसोलेसनबाट उपचार पश्चात घर फर्केका छन् । खजुुरा गाउँपालिकाका ३० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । यी मध्ये १ जनप्रतिनिधि, १ शिक्षक र २ कर्मचारी छन् ।

 

७ सय ७९ जना संक्रमित मध्ये ५ सय ४० जना डिस्चार्ज भइसकेका छन् । अब खजुरा गाउँपालिकाका आईसोलेसन र होम आइसोलेसनमा गरि १ सय १० जना संक्रमित छन् । पालिकाले संक्रमण नियन्त्रणका लागि सचेतनाका काम समेत गर्दै आएको छ ।

 

गाउँपालिकाले आठवटै वडामा रहेको स्वास्थ्य संस्थाका प्रमुखको संयोजकत्वमा होम आईसोलेसनमा रहेका संक्रमितको जाँचको व्यवस्था मिलाएको खजुुरा आइसाेलेसन सेन्टरका इन्चार्ज तथा पालिकाका स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेल बताउँछन् । खजुराले कोभिड-१९ विरुद्ध रोकथाम र नियन्त्रणका लागि आईसाेलेसन निर्माणदेखि विभिन्न गतिबिधि सञ्चालन गर्दै आएको छ ।

 

कोरोनाको दोस्रो भेरियन्टको सुरुवातसंगै पालिकाले ५० शय्याको अक्सिजन सुविधा सहितको आइसोलेसन निर्माण गरी प्रत्येक वडामा रहेका स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयं सेविकालाई परिचालित गरी बाहिरबाट आउनेको लेखाजोखा राख्ने र संक्रमित भएकालाई घरमै पुगेर सेवा दिनेजस्ता काम गर्दै आएको छ । 

 

पछिल्लो समय खजुराका दुबै आइसोलेसन रित्तिन लागेका छ । तर पनि कोरोना महामारीको प्रकोपबाट जोगिन तोकिएका स्वास्थ्य मापदण्ड पूरा गरी पालिकालाई पूर्ववत अवस्थामा फर्काउनका लागि पालिकाले उचित कार्ययोजना बनाउन आवश्यक छ ।