close

दोधारा प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर  सहयोग

दोधारा प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर  सहयोग

Trulli
ADVERTISEMENT

कञ्चनपुर- कञ्चनपुरको दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन अभाव हुन थालेपछि स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको छ ।


दोधारा-चाँदनी नगरपालिकामा रहेको दोधरा प्राथमिक स्वास्थ्य केन्द्रमा कोभिडका बिरामी बढेसँगै स्वास्थ्य केन्द्रमा अक्सिजन अभाव भएको थियो ।

 

अक्सिजन अभावमा कोरोना संक्रमितले ज्यान गुमाइरहेकाले उपचारमा सहजताका लागि कन्सन्ट्रेटर सहयोग गरिएको दाता विराज भट्टले बताए ।


७ लिटरको अक्सिजन कन्सन्ट्रेटर भट्टले अस्पतालका प्रमुख डा. गंगा चौधरीलाई हस्तान्तरण गरे ।


अक्सिजन कन्सन्ट्रेटरले कोरोना संक्रमितको उपचारमा सहयोग पुग्ने स्वास्थ्य केन्द्रका प्रमुख डा. गगन चौधरीले बताए । 

 

दोधारा-चाँदनी नगरपालिकाका स्वास्थ्य केन्द्रमा अहिले १३ जना कोरोना बिरामी उपचाररत छन् । हालसम्म मृत्यु हुनेको संख्या १४ पुगेकोे छ ।