close

गुम्यो जनमोर्चा सांसद थापाको पद

गुम्यो जनमोर्चा सांसद थापाको पद

Trulli
ADVERTISEMENT

कास्की- राष्ट्रिय जनमोर्चाबाट निर्वाचित सांसद कृष्ण थापालाई ह्विप विपरीत काम गरेको भन्दै पार्टीले कारबाही गरेको छ ।


बिहीबार बिहान बसेको जनमोर्चाको केन्द्रीय समिति बैठकले उनलाई कारबाही गरेको हो । कारबाहीको सूचना प्रदेशसभामा दर्ता भइसकेको छ ।


पार्टीबाट निष्कासित भएपछि थापाले कांग्रेसको सरकार बनाउन सहयोग नगर्दा पार्टीले कारबाही गरेको प्रतिक्रिया दिएका छन् ।


‘आहा हामी कम्युनिस्ट । जीवनमा धेरै हारको सामना गरियो । ५ दलीय गठबन्धनको आक्रमणको हारले पनि कुनै तात्त्विक अन्तर पार्ने छैन’, उनले फेसबुक स्टाटस लेख्दै भनेका छन्, ‘यो हार अलि रमाइलो प्रकारको पनि भयो ।

 

कांग्रेसको सरकार नबनाउँदा आफनो सांसद खारेज गर्नु इतिहासमा अनौठो मजाक भयो । इतिहासले अवश्य मूल्यांकन गर्नेछ ।’

 

सांसद थापाले आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग माफी मागेका छन् । ‘बागलुङ १ (ख) का सम्पूर्ण जनता तपाईंहरूको अभिमतविपरीत जान सकिनँ’, उनले लेखेका छन्, ‘हजुरहरूको अभिमतलाई हार्दिक हार्दिक अभिवादन ।’


थापाले पार्टीको ह्विपविपरीत पृथ्वीसुब्बा गुरुङ सरकारलाई सघाउने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।