close

नवलपरासीका अस्पतालमा दक्ष जनशक्ति नहुँदा समस्या (भिडियो खबर)

नवलपरासीका अस्पतालमा दक्ष जनशक्ति नहुँदा समस्या (भिडियो खबर)

ADVERTISEMENT

नवलपरासी- गाँउ घरमै कोरोना उपचारका लागी नवलपरासीका सबै स्थानीय तहले हाइफ्लो न्यासल क्यानुला अक्सिजन सहितको कोरोना अस्पताल बनाएका छन् । तर अस्पातलमा चिकित्सक छैनन् । जसले गर्दा बिरामीको सेवा प्रवाहमा समस्या भएको छ । चिकित्सक  नहुँदा अहिले कोरोना अस्पलाल सुरु गर्ने वा बन्द गर्ने अलमल भएको छ ।

 

नवलपरासीका विभिन्न स्थानीय तहले सञ्चालन गरेको हाइफ्लो न्यासल क्यानुला अक्सिजन सप्लाई सहितको आइसोलेसेन सेन्टरमा दक्ष जनशक्तिको अभाव देखिएको छ । नवलपरासीको सुनवल नगरपालिकाले आइसोलेसन सञ्चालन गरेको छ । आइसोलेसनमा श्वासप्रश्वासमा समस्या भएका बिरामी छन् । आवश्यक पर्ने आधुनिक स्वास्थ्य उपकरण जडान गरिएको छ । तर, उपचार पद्दतीमा स्वास्थ्य उपकरणको पूर्णरुपमा प्रयोग गर्न आवश्यक पर्ने जनशक्ति छैनन् ।

 

नगरपालिकाले २९ शय्याको अक्सिजन सहितको कोरोना अस्पातल सञ्चालन गर्न २ जना एमबीबीएस चिकित्सक सहित १५ जना स्वास्थकर्मी रात दिन खटिएर सेवा दिइरहेका छन् । सिमित स्वास्थ्यकर्मी मात्र हुँदा लागातार सेवा दिइररहनु पर्ने बाध्यात्मक अवस्थामा स्वास्थ्यकर्मी थाकेका छन् ।

 

जिल्लाकै रामग्राम नगरपालिका क्षेत्रमा रहेको एकमात्र पुरानो पृथ्वीचन्द्र अस्पातलमा ८ शय्याको अक्सिजन सहितको आइसोलेसेन सञ्चालनमा छ । विरामी शय्या अपुग भएर भुइमा उपचार गर्नु परिरहेको अवस्थामा २२ शय्या थप गरी जसोतसो ३० शय्यामार्फत अत्यन्त न्युन जनशक्ति तथा चिकित्सकका साथ सेवा पुर्‍याइएको छ । जिल्लाकै एक मात्र प्रादेशिक अस्पतालको रूपमा रहेको पृथ्वीचन्द्र अस्पतालमा १८ जना मात्र स्वास्थ्यकर्मीे छन् ।

 

अहोरात्र खटिएर भएपनि संक्रमितको उपचारमा तल्लिन छन् । चिकित्सक र भेन्टिलेटर लगायतका स्वास्थ्य उपकरण नहुँदा कोभिडका थोरै जटिल अवस्थाका बिरामीलाई समेत उपचार गर्न नसकेर बुटवल, भैरहवा, चितवन रेफर गर्नुपर्ने वाध्यता छ ।  १५ शय्याको अक्सिजन सहितको कोरोना आस्पताल सञ्चालन गरेको बर्दघाट नगरपालिकाको आइसोलेसन सेन्टरको अवस्था समेत उस्तै छ ।

 

हालैमात्र स्वास्थ्य मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना र एच डि यु सेवा सहितको सेवाविस्तार गर्न जिल्लाकै पुरानो पृथ्वीचन्द्र अस्पताललाई स्वास्थ्य मन्त्रालयको २ करोड ७४ लाख, प्रदेश सरकारको १५ लाख, स्थानीय तहको १५ लाख गरी कुल ३ करोड ४ लाख बजेट प्राप्त भएपनि उक्त सेवाहरु कहिले सम्म संचालन हुने हो अन्योल नै देखिन्छ ।

 

नवलपरासीमा सात स्थानीय तह मध्ये  सुनवल, बर्दघाट र रामग्रामले अक्सिजन सहितको अस्थायी कोरोना अस्पातल र आइसोलेसन सञ्चालन गरेका छन् । चिकित्सकको अभावले स्थानीय तहलाई आफुले सञ्चालन गरेको अस्पलाल चलाउने कि बन्द गर्ने भन्ने अलमल देखिएको छ ।