close

नगर अस्पताल बन्यो बेल्टार प्राथमिक स्वास्थ्य केन्द्र

नगर अस्पताल बन्यो बेल्टार प्राथमिक स्वास्थ्य केन्द्र

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको चौदण्डीगढी नगरपालिका बेल्टारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा रुपान्तरण गरिएको छ । चौदण्डीगढी नगरपालिकाले आफ्नै लगानीमा प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा रुपान्तरण गरेको हो ।

 

बेल्टार प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा रुपान्तरण गर्दै नगरप्रमुख खगेन्द्र राईले कोभिड महामारीको अवस्थामा संक्रमित नभएकाले अन्यत्र अस्पतालमा सहज उपचार पाउन कठिन भएकाले हतार गरेरै प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा रुपान्तरण गरिएको बताए ।

 

नगर अस्पताल बेल्टारमा एक्सरे, भिडियो एक्सरे, इसिजी सेवा, डिजिटल ल्याब, २४ घन्टे प्रसूति तथा अन्य सेवा सञ्चालनमा रहेको अस्पताल प्रशासनले जनाएको छ । बेल्टार अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिकाले १ जना डाक्टरलाई नियुक्त गरेको छ भने अस्पतालको क्षमता बढाएर १५ शय्याको बनाइएको छ । अहिले अस्पतालमा ५ शय्या मात्रा सञ्चालनमा छ ।

 

सरकारले गत मंसिरमा एकै दिन सबै प्रदेशका स्थानीय तहमा ३ सय बढी नगर अस्पताल भवन निर्माण गरिने घोषणा गरेको थियो । देशभरका सबै पालिकामा आधारभूत स्वास्थ्य सेवा पु¥याउन ५ देखि १५ बेडसम्म अस्पताल शिल्यान्यास एकै पटक गरिएको थियो ।


देशभर ७५३ पालिकामध्ये १०४ वटामा मात्रै विभिन्न तहका अस्पताल छन् भने अस्पताल नरहेका ६४९ पालिका छन् । उपेन्द्र यादव स्वास्थ्यमन्त्री हुँदाकै समय बेल्टार प्राथमिक स्वास्थ्य केन्द्रले नगर अस्पताल बन्न आवश्यक सबै प्रक्रिया पूरा गरे पनि वर्तमान सरकारबाट अस्पतालको आफ्नै जग्गा नभएको भन्दै नगर अस्पताल बनाउने फाइल कार्यान्वयन नगरेकामा दुःख लागेको नगर प्रमुख राईले बताए ।