close

निषेधाज्ञामा छुट सुविधा कार्यान्वयनमा लैजान संयन्त्र तयार

निषेधाज्ञामा छुट सुविधा कार्यान्वयनमा लैजान संयन्त्र तयार

Trulli
ADVERTISEMENT

काठमाडौं- अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा उल्लिखित छुट तथा सुविधा कार्यान्वयन तहमा लगिन थालेको बताएको छ ।


अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनबीचको बिहीबार बैठकमा सरकारले बजेटमार्फत निषेधाज्ञा अवधिभर छुट सुविधा उपलब्ध गराउने सामग्रीको विवरण र त्यसको मूल्य तथा बिक्री वितरण स्थलबारे साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जानकारी गराउने निर्णय भएको हो ।

 

बजेट वक्तव्यमा निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट बिक्री हुने चामल, पिठो, दाल, नून, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको बिक्री मूल्यमा २० प्रतिशत छुट दिइने उल्लेख छ ।

 

बैठकमा छुट सुविधा उपलब्ध गराउने ग्राहकलाई उपभोग्य सामग्रीको मासिक कोटा निर्धारण गर्ने, कोटा निर्धारण गर्दा ५ जनाको परिवारलाई एक इकाइ मानी सहुलियतका सामग्री पहिलो पटक १ महिनाका लागि खाद्य तथा व्यापार कम्पनीबाट ३० केजी चामल र २ केजी सिमीको दाल सहुलियतमा उपलब्ध गराइनेछ ।

 

साल्ट ट्रेडिङबाट २ केजी पिठो, २ केजी चिनी, २ केजी नुन, १ लिटर भटमासको खानेतेल र खाना पकाउने ग्यास १ सिलिन्डर सहुलियत मूल्यमा उपलब्ध गराउने निर्णय भएको छ ।

 

सहुलियतमा उपलब्ध गराइएका सामग्री खरिद गर्ने ग्राहकको पहिचान खुल्ने कागजातसहितको विवरण तयार पार्ने, दुवै कम्पनीले ग्राहकलाई प्रदान गरेको छुट विवरण मासिक रूपमा तयार पारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा सोधभर्ना माग गर्ने निर्णय भएको छ ।