close

कोरोना नियन्त्रमा दुधौली सक्रिय,संक्रमितलाई घरमै उपचार (भिडियो खबर)

कोरोना नियन्त्रमा दुधौली सक्रिय,संक्रमितलाई घरमै उपचार (भिडियो खबर)

ADVERTISEMENT

सिन्धुली- यतिवेला सिंगो देश नै कोरोनाविरुद्घको लडाईमा छ । स्थानीय प्रशासनले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको छ । पालिकाले पनि आफैले निषेधाज्ञा घोषणा गरिरहेका छन् । तर पनि संक्रमण समुदायमा फैलिएको दावी गरिएको छ । नागरिक सचेत नहुँदा र लापरवाही बढ्दा संक्रमण निरन्तर उकालो लागि रहेको छ । यस अवस्थामा दुधौली नगरपालिकाले नागरिकको उपचार र संक्रमण फैलन नदिन जनचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको छ । 

 

समुदायमा भुषको आगो झै यतिबेला कोरोना भाइरस संक्रमण फैलिएको छ । सिन्धुलीको दुधौली नगरपालिकामा हाल सम्म दोस्रो लहरबाट ३ सय ४६ जना संक्रमित भएका छन् । हाल सम्म १ सय ३८ जना कोरोनामुक्त भएका छन् भने ५ जनाको मृत्यु भइसकेको छ । संक्रमित भएका आफ्ना नगरवासीलाई जनप्रतिनिधिले घरैमा पुगेर स्वास्थ्य अवस्था बुझ्ने गरेका छन् । जसका कारण संक्रमित बलियो मन बनाउँदै होम आइसोलेसनमा बस्दै आएका छन् ।

 

नगरपालिकाले संक्रमण नियन्त्रण तथा रोकथामका लागि लक्षण देखिएकाका लागि र शंका लाग्ने नगरवासीको कोरोना परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । यदि संक्रमण पुष्टि भएको खण्डमा स्थानीय तहले निर्माण गरेको आइसोलेसनमा राखेर उपचारको गर्ने व्यवस्था मिलाइएको छ । नगरपालिकामा संक्रमण दर बढ्दो अवस्थामा छ । संक्रमण नियन्त्रणका लागि नगरपालिकाको एक्लो प्रयासले मात्र सम्भव नहुने भन्दै गैर सरकारी संस्थाले समेत स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै आएका छन् । जसका कारण संक्रमितको उपचारमा समेत सहयोग पुगेको छ ।


कोरोना भाईरसबाट संक्रमित भएकालाई हेयको दृष्टिकोटले हेर्दा नगरपालिकामा संक्रमण भएपनि लुकाएर घरमै बस्ने धेरै छन् । जसका कारण दिउँसो भन्दा रातको समयमा स्वास्थ्य संस्था जानेको संख्या उल्लेख्य  छ । यसो गर्दा स्वास्थ्यमा गम्भिर असर पर्ने निश्चित छ ।नगरपालिकाले जनचेतनाको अभावमा संक्रमण फैलिइरहेको भन्दै जनचेतनालाई समेत अघि बढाएको छ । साथै संक्रमितलाई घरैमा पुगेर स्वास्थ्य जाँच तथा औषधि समेत वितरण गरिँदै आएको छ ।

 

कोरोना भाईरसबाट संक्रमण भएका व्यक्तिहरुलाई हेला गर्ने, अछुत तथा सामाजिक रुपमा बहिस्कार गर्ने गर्दा संक्रमणका लक्षण देखिएपनि स्वास्थ्य संस्थामा नजानेको संख्या उलेख्य छ । संक्रमितलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न र गराउन जरुरी छ । सामान्य रुघाखोकि लाग्दा कोरोनाबाट संक्रमति भईने डरले टाइफाइडको औषधि सेवन गर्दा स्वास्थ्यमा गम्भिर असर पर्ने भएकाले जिम्मेवार निकायले नागरिकलाई सचेत गराउन समेत आश्यक देखिन्छ ।