close

तनहुँमा थपियो निषेधाज्ञा

तनहुँमा थपियो निषेधाज्ञा

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँमा जेठ मसान्तसम्म निषेधाज्ञा लम्बाइएको छ । शुक्रबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द«को बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप्न गरेको सिफारिसअनुसार जिल्ला प्रशासन कार्यालयले आगामी ३१ जेठसम्म निषेधाज्ञा लम्ब्याएको हो ।

 

शनिबार राती १२ बजेदेखि जिल्लामा लागू गरिएको तेस्रो चरणको निषेधाज्ञा सकिँदै छ । थप कडाइका साथ निषेधाज्ञा पालना गराइने प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । ‘निषेधाज्ञालाई कडाइका साथ लागू गर्न स्थानीय तह र सुरक्षा निकायको साझेदारी हुनेछ’, उनले भने ।

 

यो अवधिमा बिहान ५ देखि ९ बजेसम्म मात्रै अत्यावश्यक सेवा सञ्चालन गर्ने समय तोकिएको उनले जानकारी दिए । अत्यावश्यक सेवा सञ्चालनमा संग्लनको अनिवार्य कोरोना परीक्षण गर्ने निर्णयसमेत भएको प्रजिअ आचार्यले बताए ।

 

२२ वैशाखदेखि तनहुँमा निषेधाज्ञा जारी छ । ३१ वैशाखमा समय सकिएपछि पुनः दोस्रो चरणमा १५ जेठसम्म निषेधाज्ञा लम्बाइएको थियो ।