close

असार १ देखि विद्यालय संचालन गर्ने तयारीमा विरगञ्ज महानगर

असार १ देखि विद्यालय संचालन गर्ने तयारीमा विरगञ्ज महानगर

Trulli
ADVERTISEMENT

पर्सा- बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि क्रमिकरुपमा विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ । असार १ गतेदेखि विद्यार्थीको भैतीक उपस्थितिमै कक्षा ८ देखि १२ सम्मको कक्षा सञ्चालन गर्न लागेको महानगरले जनाएको छ ।

 

महानगरले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पत्राचार गर्दै असार १ गतेदेखि विद्यालय सञ्चालन गर्न आह्वानसमेत गरिसकेको छ । कोरोना संक्रमण घट्दै गएकोले विद्यालय सञ्चालन गर्ने निर्णय भएको महानगर प्रमुख विजयकुमार सरावगीले पालिका खबरलाई बताए । 

 

विद्यालयमा भौतिक उपस्थिति गराई पठनपाठन गर्न विद्यार्थीहरुको अभिभावकहरुबाट लिखित सहमति लिने र मास्कको व्यवस्था, साबुन, पानीले हात धुने व्यवस्था, सेनिटाइजर भौतिक दुरी, थर्मल गनले ज्वरो नाप्ने जस्ता नियमहरु विद्यालयले अनिवार्य रुपमा पालना गर्नु पर्नेछ । वीरगञ्ज महानगरपालिकामा निजी र संस्थागत गरी २०० बढी विद्यालय छन् ।