close

हुम्लामा कुखुराको मासु आयातमा प्रतिबन्ध

हुम्लामा कुखुराको मासु आयातमा प्रतिबन्ध

Trulli
ADVERTISEMENT

हुम्ला- हुम्लाको सदरमुकाम सिमकोटमा हवाईमार्गबाट हुने कुखुराको मासु आयातमा प्रतिबन्ध लगाइएको छ । मासु आयात गरिएकै दिन बिक्री गर्न नपाइने र तीन दिनसम्म सिमकोट विमानस्थलमा मासु राख्नुपर्ने भएपछि हवाईमार्गबाट मासु आयातमा प्रतिबन्ध लगाइएको हो ।

 

हुम्लामा हवाईमार्गबाट ढुवानी भएको खाद्य तथा तरकारीलगायत सामग्रीलाई ७२ घण्टासम्म सिमकोट विमानस्थलबाट अन्यत्र लैजन नपाइने नियम जिल्ला डिसीसिएमसीले बनाएको छ । 

 

जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन तथा डिसीसिएमसीको निर्णयअनुसार हवाईमार्गबाट आएकै दिन मासु बजारमा बिक्री गर्न नपाइने र तीन दिनसम्म आएको मासु राख्नुपर्ने हुँदा मासु बिग्रिने भएकाले कोरोना संक्रमणको अवधिभर कुखुराको मासु आयातमा प्रतिबन्ध लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

खसी कम पाइने भएकाले हुम्लामा नेपालगञ्ज र सुर्खेतबाट कुखुराको मासु आयात हुँदै आएको छ । हुम्लामा कुखुराको मासु प्रतिकेजी रु ५५० पर्ने गर्दछ । कुखुराको मासु आयातमा प्रतिबन्ध लागेसँगै खसीको मासुको मूल्ये आकासिएको छ ।