close

अक्सिजन प्लान्टको लागि घर-जग्गा व्यवसायीको ३८ लाख सहयोग

अक्सिजन प्लान्टको लागि घर-जग्गा व्यवसायीको ३८ लाख सहयोग

Trulli
ADVERTISEMENT

हेटौँडा- हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्दा लागेको खर्च मकवानपुर घरजग्गा व्यवसायी संघले तिरेकाे छ । हेटौँडा उप-उहानगरपालिकाको समन्वयमा जडान भएको प्लान्टका लागि ३८ लाख रुपैँया व्यवसायी संघले दिएको हो ।

 

उक्त रकम प्लान्ट खरिद गरेर ल्याउने दिपक खनाललाई हस्तान्तरण गरिएको हो । मकवानपुर घरजग्गा व्यवसायी संघका अध्यक्ष ध्रुव घिमिरेले खनाललाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

 

संघको सहयोग प्रति  हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख हरिबहादुर महतले धन्यवाद व्यक्त गर्दै महामारिको याे समयमा सबैलाई आ-आफ्नो ठाउँबाट सहयोग गर्न आग्रहसमेत गरे ।

 

अक्सिजनको अभावमा मानिसहरुले ज्यान गुमाई रहेको अवस्थामा समाजिक दायीत्वलाई आत्मबोध गर्दै सहयोग गरेको संघका अध्यक्ष घिमिरेले पालिका खबरलाई बताए । 


कुनै तहबाट पनि रकम व्यवस्थापन हुन नसकेपछि संघकै अग्रसरतामा केहिदिन अघि अक्सिजन प्लान्टको जडान गरिएको थियो ।