close

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा परी ८८ जनाको मृत्यु

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा परी ८८ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

एजेन्सी- बन्दुकधारीहरुको आक्रमणमा परी नाइजेरियामा कम्तीमा ८८ जनाको मृत्यु भएको छ । 

 

उत्तर पश्चिमी क्षेत्रमा पर्ने केब्बी राज्यमा भएको उक्त घटनामा थुप्रै व्यवक्तिहरु हताहतसमेत भएको नाईजेरियन प्रहरीले जनाएकाे छ ।

 

डाको-वासागु क्षेत्रमा विभिन्न आठ समुदायका उच्छृङ्खल समूहहरुबीच भिडन्त भएको प्रहरीको भनाई छ ।

 

थप घटना हुन नदिनका लागि सुरक्षा फौजले सुरक्षा सतर्कता बढाएको छ ।  


गत अप्रिलमा पनि सोही ठाउँमा नौ प्रहरी र दुई नागरिक पनि आक्रमणमा परी मारिएका थिए ।