close

सरावलका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण 

सरावलका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण 

Trulli
ADVERTISEMENT

नवलपरासी- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ । गाउँपालिकामा दर्ता रहेका कृषक समूहका किसानलाई पालिकाले कृषि उपकरण वितरण गरेको हो ।

 

आर्थिक वर्ष २०७७/७८ को गाउँसभाबाट सिँचाइ उपकरण कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा कृषक समूहका किसानलाई कृषि उपकरण वितरण गरिएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए ।


पालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलका अनुसार मुख्यमन्त्री ग्रामीण विकास रोजगार कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा कृषक समूहका किसानलाई लक्षित गरी कृषि उपकरण वितरण गरिएको हो ।


किसानलाई पम्पसेट २२ थान, मोटर ४५ थान, स्पेयर मेसिन ५५ थान, माहुरी घार ५० थानलगायत कृषि उपकरण वितरण गरिएको कृषि विकास शाखा प्रमुख कुलदीप मिश्राले जानकारी दिए । पालिकाले ७ लाख रुपैयाँ बराबरको कृषि उपकर उपलब्ध गराएको हो ।