close

निर्माण व्यवसायी महासंघका संस्थापक उपाध्यक्ष शर्माको निधन

निर्माण व्यवसायी महासंघका संस्थापक उपाध्यक्ष शर्माको निधन

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघका संस्थापक उपाध्यक्ष राधाकृष्ण शर्माको उपचारको क्रममा मंगलबार निधन भएको छ । संस्थाको स्थापनाकालदेखि नै महत्त्वपूर्ण योगदान दिएका ८६ वर्षीय शर्माको निधनबाट मर्माहत भएको महासंघले जनाएको छ ।

 

शर्मा एन्ड कम्पनी प्रालिका संस्थापक स्व. शर्माले महासंघमा संस्थापक उपाध्यक्षसहित तीन कार्यकाल कार्यसमिति उपाध्यक्ष र २ पटक सल्लाहकारको भूमिका निर्वाह गरेका थिए ।

 

स्व. शर्मा महासंघको मानार्थ सदस्य थिए । शर्मा महासंघले प्रदान गर्ने प्रतिष्ठित ‘एफक्यान ग्लोरी अवार्ड’ बाटसमेत सम्मानित भएका थिए । पशुपति आर्यघाटमा गरिएको दाह संस्कारमा स्वर्गीय शर्माको शवमा अध्यक्ष रवि सिंहले महासंघको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । शर्माका १ श्रीमती, १ छोरा र ३ जना छोरी छन् ।

 

शर्मा एन्ड कम्पनीले नेपाल निर्माण क्षेत्रको तेस्रो नम्बरमा आप्mनो स्थान बनाउन सफल भएको छ । शर्माप्रति श्रद्धाञ्जली व्यक्त गर्न महासंघका सल्लाहकार, पूर्वअध्यक्षलगायत कार्यसमितिका पदाधिकारी, सदस्य, निर्माण व्यवसायी र महासंघ सचिवालयका कर्मचारी पशुपति आर्यघाट पुगेको महासचिव रोशन दाहालले बताए ।