close

चाँगुनारायण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

चाँगुनारायण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित चाँगुनारायण अस्पताललाई चानचेन बिल्डिङ इन नेपालले ५ लाख
रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । जर्मन सहयोगी संस्था चानचेनले नगर अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

 

संस्थाले अस्पतालमा आइसियु सञ्चालन गर्न आवश्यक पेसेन्ट मोनिटर, स्वास्थ्यकर्मीका लागि पिपिई, पञ्जा सहयोग गरेको छ । संस्थामा क्रियाशील रामचन्द्र प्रधानांगको सक्रियतामा अस्पताललाई ३ थान पेसेन्ट मोनिटर, २० थान पिपिई, ४ बाकस पञ्जा सहयोग
गरिएको हो ।

 

कोरोना संक्रमणका कारण बढ्दो स्वास्थ्य सामग्री अभाव टार्न अस्पताललाई आवश्यक विभिन्न स्वास्थ्य सामग्री प्रदान गरिको संस्थाका भक्तपुर शाखाका संयोजक नरेश धौबञ्जारले बताए । 


स्वास्थ्य सामग्री प्रधानांग र धौबञ्जारले नगरप्रमुख सोमप्रसाद मिश्रलाई हस्तान्तरण गरेका थिए । नगरप्रमुख मिश्रले नगरपालिकाले सञ्चालन गरेको अस्पतालको विस्तार गर्दै लैजान सहयोग उपलब्ध गराउन विभिन्न संघ–संस्थालाई धन्यवाद दिए । 

 

वडा नम्बर २ का वडाध्यक्ष शिवहरि केसीले संकटको समय सबैको साथ र सहयोग आवश्यक रहेका स्वास्थ्य सामग्रीको अस्पतालको सेवा प्रवाहमा थप सहज हुने विश्वास व्यक्त गरे । 

 

बुधबार नै भक्तपुर उद्योग वाणिज्य संघले पनि अस्पतालाई २ वटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । अहिले विभिन्न व्यक्ति, संघ–संस्थाले विभिन्न सहयोग गरिरहेको अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष साधुराम दाहालले जानकारी दिए ।