close

पालिका प्रगतिः गाउँगाउँमा पानी, शिक्षामा थप लगानी (भिडियो वार्ता)

पालिका प्रगतिः गाउँगाउँमा पानी, शिक्षामा थप लगानी (भिडियो वार्ता)

ADVERTISEMENT

कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाका अध्यक्ष हुन् गोपालबहादुर थापा । कोरोनाको तेश्रो लहर आउने सक्ने आकलन गर्दै गाउँपालिकाले महामारी नियन्त्रण गर्ने तयारी सुरु गरिसकेको अध्यक्ष थापा बताउँछन् । उनै थापासँग कोरोना महामारी नियन्त्रणमा पालिकाको प्रयत्न, पालिकाको बजेट, पूर्वाधार विकासलगायतका विषयमा केन्द्रित रहेर पालिकाखबर बुलेटिनका लागि करिश्मा कार्कीले गरेको कुराकानी :
 

 

कोरोनाको दोस्रो लहर सुरु भएसँगै गरिएको निषेधाज्ञा पछि पालिकाभित्र संक्रमितको संख्या झन बढ्यो । सर्तकर्ता अपनाउँदा अपनाउँदै पनि किन बढे संक्रमित ? 
हाम्रो पालिकाबाट भारतमा काम गर्न जाने नेपाली महामारी बढेपछि स्वदेश फर्किए । यहाँबाट अन्य जिल्ला जाने नेपालीको संख्या पनि बड्यो । हामीले समयमा कोरोना परीक्षणको दायरा बढाउन सकेनौँ । फलस्वरुप महामारी फैलियो । तर, पनि हामीले ढिलै भएपनि कोरोना परीक्षण बढायौँ । हामीले वडा वडामा गएर परीक्षण गर्ने, जनचेतनामुलक कार्यक्रम भने गर्‍यौँ । 

 

आफ्नो सवारी साधन समेत संक्रमित ओसार्न प्रयोग गरिरहनु भएको छ, संक्रमण नियन्त्रणका लागि यति बेला कस्ता काम गरिरहनु भएको छ ? 
संक्रमण नियन्त्रणका लागि अहिले हामीले चेकजाँच बढाएका छौँ । पोजेटिभ देखिनेको संख्या न्यून हुँदै गएको छ । तर, पनि हामीले तेश्रो लहर आउने सक्ने आकलन गर्दै महामारी नियन्त्रण गर्ने तयारी सुरु गरेका छौँ । हामीले अभियान नै चलाएर हाम्रा कर्मचारी, स्वास्थ्यकर्मी परिचालन गरेर महामारी रोक्ने गरी अघि बढीरहेका छौँ । 

 

बजेटको कुरा गरौं, आगामी आर्थिक वर्षका लागि बजेट बनाउने बेला भएको छ, यसपटक तपाईको पालिकामा केके प्राथमिकता परेका छन् ? 
हामीले सबै प्रतिनिधिबाट राय संकलन गरेका छौँ । धेरैले हामीलाई स्वास्थ्य क्षेत्रमा बढी ध्यान दिन सुझाव दिनुभएको छ । त्यसैले हामीले आइसोलेसन बनाउने योजना बनाएका छौँ । ठूला अस्पताल नभएकाले चिकित्सकको व्यवस्था सहितको आइसोलेसन बनाउने, अक्सिजन आपूर्ति सहज गराउने योजना बनाएका छौँ । प्रत्येक वडामा परीक्षण, जनचेतनामुलक कार्यक्रमलाई जारी राख्ने गरी अघि बढेका छौँ ।  जे होस् हामीले स्वास्थ्य क्षेत्रका लागि नै बढी बजेट छुट्याउने तयारी गरेका छौँ ।

 

चालु वर्षकै बजेटमा रहेका योजनाको पनि कार्यान्वयन भएको देखिदैन, अव ती योजनाले निरन्तरता पाउछन् कि नयाँ योजनाले प्राथमिकता पाउँछन् ? 
हाम्रो विजयनगर गाउँपालिकामा चालु आर्थिक वर्षका अधिकांश योजना सकिने चरणमा छन् । महामारी पनि हामीले सामाजिक दुरी कायम गरेर जुन क्षेत्रमा काम सकाउनुपर्ने थियो, त्यसमा ध्यान दिएका छौँ  नसकिएका ठूला योजनालाई हामीले छिटै सक्ने गरी योजना अघि बढाएका छौँ ।

 

यो चार वर्षका अवधिमा तपाईहरुले गरेका महत्वपूर्ण उपलव्धिलाई बुँदागत रुपमा बताइदिनुस् न ?
हाम्रो क्षेत्र मानव विकास सूचकांकले निकै पछाडि छ । हामी जनप्रतिनिधि भएर आउँदा सडक सञ्जालहरू थिएनन् । हामीले गाउँपालिकाबाट मुख्य सडकलाई जोड्ने गरी सडक कालोपत्रे गर्‍यौँ । गाउँमा हिलो र धुलो रहित सडक बनाउने गरी काम अघि बढायौँ । खानेपानीको योजना सञ्चालन गरेका छौँ । क्लिनिक सञ्चालन गरेका छौँ । त्यसमा चिकित्सक र ल्याबको व्यवस्था गरिएको छ । सबै वडामा आधारभूत स्वास्थ्य इकाई सञ्चालन गरेका छौँ । गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि सबै विद्यालयको भौतिक संरचना बनाउने गरी काम अघि बढायौँ । विद्यार्थीको अनुपातमा शिक्षकको कमि देखिएकाले गाउँपालिकाकै स्रोतबाट तलब खुवाउने गरी ५६ जना स्वयंसेवक शिक्षक नियुक्त गरेका छौँ । सिँचाईका कुरा पनि हामीले अघि बढाएका छौँ ।