close

कटारी अस्पतालमा १ वर्षदेखि बन्द प्रसूति शल्यक्रिया सेवा सुरु

कटारी अस्पतालमा १ वर्षदेखि बन्द प्रसूति शल्यक्रिया सेवा सुरु

Trulli
ADVERTISEMENT

उदयपुर(कटारी)- उदयपुरको कटारी नगरपालिका वडा नम्बर ४ स्थित कटारी अस्पतालमा १ वर्षदेखि बन्द भएको प्रसूति शल्यक्रिया सेवा सुरु भएको छ ।

 

१ वर्षअघि सुरु भए पनि पनि दक्ष चिकित्सक अभावमा बन्द रहेको प्रसूति शल्यक्रिया सेवा एमडिजिपी डा. राज गजमेर अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट प्रमुख भएर आएसँगै सुरु भएको हो । 

 

कटारी अस्पतालका सुपरिटेन्टेन्ड डा. गजमेरले दक्ष चिकित्सक अभावमा बन्द शल्यक्रिया सुरु गरिएको जानकारी दिए ।

 

सेवा सुरु भएसँगै अस्पतालले २ जना महिलाको सफल शल्यक्रियासमेत गरिसकेको कटारी नगर उपप्रमुख भीमकुमारी राउतले बताइन् । शल्यक्रिया सुरु भएपछि प्रसूतिका लागि जटिल अवस्थाका महिलाले कटारीमै सेवा पाउने राउतको भनाइ छ ।

 

कटारीबाटै प्रसूति शल्यक्रिया सेवा सुरु भएसँगै शल्यक्रियामार्फत प्रसूति गराउनुपर्ने गर्भवतीले सिरहाको मिर्चैया, लहान, जनकपुर, विराटनगरका निजी अस्पतालमा महँगो शल्यक्रिया गराउनुपर्ने बाध्यता हटेको नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।


अस्पतालको स्तरोन्नति र शल्यक्रियाका लागि आवश्यक सामग्रीलगायतमा नगरपालिकाले सबैखाले सहयोग गरिने बताएको छ ।

 

अस्पतालमा सामान्य सर्जरी, एपेन्डिसाइटिसको शल्यक्रिया, गर्भवती महिलाको बच्चा जन्माउने अप्रेसन सिएस पनि नियमित निःशुल्क सञ्चालन भइरहेको छ । 

 

शल्यक्रिया सुरु भएपछि उदयपुरका साथै छिमेकी सिन्धुली, खोटाङ, ओखलढुंगा, सोलुखुम्बुका महिलाले समेत अस्पतालबाट सेवा पाउनेछन् ।