close

२४ घण्टाभित्र नयाँ सरकारको दावी गर्न गण्डकी प्रदेश प्रमुखको आह्वान

२४ घण्टाभित्र नयाँ सरकारको दावी गर्न गण्डकी प्रदेश प्रमुखको आह्वान

Trulli
ADVERTISEMENT

पोखरा- गण्डकी प्रदेशमा २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि दावी पेस गर्न प्रदेश प्रमुखले आह्वान गरेकी छिन् । शुक्रबार उनले ३१ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीको दावी गर्न आह्वान गरेकी छन् । 


संविधानको धारा १६८ (३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत नपाएपछि उपधारा (५) अनुसारको सरकार गठनको बाटो खुला भएको हो । 

 

विपक्षीहरु ३१ सांसदको हस्ताक्षर सहित तयारी अवस्थामा छन् । उनीहरुले सकेसम्म आजै मुख्यमन्त्रीमा दावी पेस गर्ने बुझिएको छ । अन्तिम समयमा मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले विपक्षीलाई साथ दिएपछि विपक्षीको बहुमत पुग्ने देखिएको हो । 


६० सांसद रहेको यहाँ विपक्षीसँग ३१ मत रहेको दावी छ । यद्यपी सत्तपक्ष नयाँ सरकार गठन रोक्ने कसरतमा छ ।