close

विपक्षी नेतालाई मुख्यमन्त्री नबनाएपछि गण्डकी प्रदेश प्रमुखको निवास अगाडि धर्ना 

विपक्षी नेतालाई मुख्यमन्त्री नबनाएपछि गण्डकी प्रदेश प्रमुखको निवास अगाडि धर्ना 

Trulli
ADVERTISEMENT

कास्की– मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशसभामा बहुमत गुमाएर पदमुक्त भएपछि कांग्रेससहितको विपक्षी गठबन्धनले बहुमतसहित मुख्यमन्त्रीमा दाबी गरे पनि नियुक्त नगरेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेल निवास अगाडि धर्नामा बसेका छन् । 

 

मुख्यमन्त्री गुरुङले वैकल्पिक सरकार गठनका लागि दाबी पेस गरेपछि प्रदेश प्रमुखले विपक्षी गठनबन्धनका नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्न आनाकानी गरेकी हुन् ।

 

गुरुङले जनमोर्चाले कारबाही गरेका कृष्ण थापा र जसपामा महन्थ ठाकुर समूहको पत्र देखाएर मुख्यमन्त्री दाबी गरेका हुन् । यो घटनापछि विपक्षी दलका नेता कांग्रेसका कृष्णचन्द्र नेपालीले सबै खाले संघर्ष गर्ने चेतावनी दिएका छन् ।

 

राष्ट्रिय जनमोर्चा संसदीय दल नेता पियारी थापाले पार्टीको साधारण सदस्यसमेत नभएको व्यक्ति (कृष्ण थापा) को समर्थनको पत्र देखाएर गुरुङले मुख्यमन्त्रीमा दाबी गर्ने कुनै आधार नभएको बताइन् । 

 

यसअघि विपक्षी गठवन्धनले शुक्रबार ३१ जनाको हस्ताक्षरसहित दाबी पेस गरिसकेको छ । अहिले पनि ३१ जना सांसद धर्नामा बसेका छन् ।प्रदेशसभा विघटन हुन सक्ने हल्ला चलेपछि उनीहरू अहिले प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसेका हुन् ।