close

नेपाल पत्रकार महासंघले भन्योः पञ्चकन्या गाउँपालिकाका अध्यक्षमाथि कारबाही होस्

नेपाल पत्रकार महासंघले भन्योः पञ्चकन्या गाउँपालिकाका अध्यक्षमाथि कारबाही होस्

Trulli
ADVERTISEMENT

काठमाडौं – सामाजिक सुरक्षा भत्ता चोरी भएको विषयमा खबर प्रकाशन गरेको भन्दै नुवाकोटको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले पालिकाखबरडटकमलाई दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ । 


गत २४ चैतमा गाउँपालिकाको वडा नम्वर २ कार्यालयवाट भत्ताको ५० लाख र वडा कार्यालयमा भएको ३ लाख रुपैयाँ गरी ५३ लाख रुपैयाँ रहस्यमय ढंगले चोरी भएको विषयमा पालिकाखबरले निरन्तर खबर प्रकाशन र प्रशारण गरेपछि अध्यक्षले कानुनीसँगै जुनसुकै उपचार खोज्ने भन्दै विज्ञप्ति नै जारी गरेर धम्की दिएका थिए । 


खबर प्रकाशन गरेको विषयमा पालिका अध्यक्षले विज्ञप्ति नै निकालेर जे सुकै गर्नसक्ने भन्दै दिएको धम्कीले प्रेस स्वतन्ता र पत्रकारको सुरक्षामा गम्भीर प्रश्न उठेको महासंघको विज्ञप्तिमा उल्लेख छ । 


विज्ञप्तिमा समाचारमा चित्त नवुझे कानुनी उपचारको वाटो हुँदाहुँदै सञ्चारमाध्यमलाई आफुले जुनसुकै उपचार गर्ने भन्दै सामना गर्न तयार रहनु भनेर दिएको धम्की निन्दनीय रहेको बताएको छ । 


पालिकाखबरडटकम र दैनिकी डटकममा सो गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न बैंकबाट झिकेर ल्याएको ५० लाख रुपैयाँ र वडा नं २ सँग रहेको ३ लाख रुपैयाँ गरी जम्मा ५३ लाख रुपैयाँ नुवाकोटको पञ्चकन्या गाउँपालिकाको वडा नं २ बाट हराएको सम्बन्धी खबर प्रकाशन/ प्रसारण भएको थियो ।

हेर्नुहोस् खबरहरु 

सामाजिक सुरक्षा भत्ताको ५३ लाख रुपैयाँ वडा कार्यालयबाटै गायब

भत्ता चोरीमा प्रशासकीय अधिकृतदेखि पालिका अध्यक्षसम्म शंकाको घेरामा

सामाजिक सुरक्षा भत्ता चोरी प्रकरण: शंकाको सुई प्रमुख प्रशासकीय अधिकृततिर सोझिँदै (भिडियो खबर)

गाउँपालिका अध्यक्षको विज्ञप्तिः गाली-बेइज्जतीका लागि तयार भएर बस्नू !

पञ्चकन्याका प्रमुख प्रशासकीय अधिकृत पुडासैनीलाई मन्त्रालय तानेर निलम्बनको तयारी

प्रकाशित खबरलाई लिएर गाउँपालिका अध्यक्षले दिएको धम्कीप्रति अनलाइन पत्रकार संघको आपत्ति 


महासंघले विज्ञप्तिमा भनेको छ, 'प्रकाशित समाचारप्रति चित्त नबुझे वा गुनासो रहे त्यसविरुद्ध सार्वजनिक निकायमा वहाल रहेका अध्यक्षजस्तो जिम्मेवार व्यक्तिवाट धम्की दिनु आफैंमा आपत्तिजनक हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो ।' 

 

महासंघले पत्रकारलाई होत्साही नबनाउन आग्रह गर्दै विज्ञप्तिमा भनेको छ, 'महासंघ पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने यस्ता धम्कीको कडा भत्र्सना गर्दछ र धम्की दिनेमाथि कानुनी कारवाही गर्न तथा पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन सम्वन्धित निकायको ध्यानाकर्षण गराउँँछ ।'