close

मन्त्रालयले भन्यो भत्ताको रकम चोरी हुन थाल्यो, बैंकबाट मात्र कारोवार गर्नू 

मन्त्रालयले भन्यो भत्ताको रकम चोरी हुन थाल्यो, बैंकबाट मात्र कारोवार गर्नू 

Trulli
ADVERTISEMENT

काठमाडौं- नुवाकोटको पञ्चकन्या गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ताको ५३ लाख रुपैयाँ चोरी भएको खबर सार्वजनिक भएपछि संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले बैंकबाट मात्र भत्ता वितरण गर्न पुन स्थानीय तहलाई पत्राचार गरेको छ ।


मन्त्रालयले सामाजिक सुरक्षा भत्ता नगदमै वितरण गर्दा चोरी हुन थालेको भन्दै बैंक खाता खोलेर मात्र भत्ता वितरण गर्न निर्देशन दिएको हो । पञ्चकन्या गाउँपालिका वडा नम्बर २ वाट सामाजिक सुरक्षा भत्ताको ५३ लाख रुपैयाँ चोरी भएको विषयमा पालिकाखबरले पटक पटक खबर प्रकाशन/प्रशारण गरेपछि मन्त्रालयले स्थानीय तहलाई पुनः यस्तो पत्राचार गरेको हो । 

 

सम्बन्धित खबर:

सामाजिक सुरक्षा भत्ताको ५३ लाख रुपैयाँ वडा कार्यालयबाटै गायब

भत्ता चोरीमा प्रशासकीय अधिकृतदेखि पालिका अध्यक्षसम्म शंकाको घेरामा

सामाजिक सुरक्षा भत्ता चोरी प्रकरण: शंकाको सुई प्रमुख प्रशासकीय अधिकृततिर सोझिँदै (भिडियो खबर)

गाउँपालिका अध्यक्षको विज्ञप्तिः गाली-बेइज्जतीका लागि तयार भएर बस्नू !


मन्त्रालयका उपसचिव वावु राम भुसालले सवै स्थानीय तहलाई पत्र लेख्दै भत्ताको रकम चोरी हुन थालेको, अनियमितता देखिन थालेको भन्दै अनिवार्य बैंकिङ प्रणालीमा जान भनेको हो । 

 

जिससले रोक्का गरेको खाता फुकुवा गर्न पत्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साविक जिल्ला विकास समितिमा रहेका बिभिन्न कोषमा रहेका रकमहरु मध्ये हाल रोक्का राखिएका सबै खाताहरु फुकुवा गर्न देशभरका जिल्ला समन्वय समितिहरुलाइ आग्रह गरेको छ । 

 

महालेखा नियन्त्रकको कार्यालयले देशभरका कोष तथा लेखा नियन्त्रककको कार्यालयलाइ लेखेको पत्रको ब्यहोरा अवगत गराउँदै सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समितिहरुलाइ यस्तो आग्रह गरेको हो । 

 

पत्रानुसार साविक कर्मचारी कल्याणका लागि स्थापना गरिएका कोषमा रकम जम्मा गर्न जि.वि.सकोतर्फबाट नियुक्त कर्मचारीको हाल उक्त जिल्ला जि.स.स मा कार्यरत रही निजको अवकासित दायित्व भुक्तानी गर्नुपर्ने प्रयोजनमा खर्च लेख्ने बाहेक अन्य अवस्थामा उक्त खातामा रहेको रकम रोक्का राख्नुपर्ने छ । 

 

जिल्ला समन्वय समितिमा रहेको कर्मचारी कल्याण कोषको रकम यकिन गरी सो को जिल्लागत बिबरण पठाइदिने जिम्मेवारी भने जिल्ला स्थित कोष तथा लेखा नियन्त्रककको कार्यालयलाइ दिइएको छ ।