close

कोरोनाको दोस्रो लहरले लग्यो पालिकाका २० जनप्रतिनिधिको ज्यान

कोरोनाको दोस्रो लहरले लग्यो पालिकाका २० जनप्रतिनिधिको ज्यान

Trulli
ADVERTISEMENT

काठमाडौं- देशभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण देशभर हालसम्म ८ हजार तीन सय ६६ ले ज्यान गुमाइसकेका छन् । 

 

पहिलो लहर भन्दा खतरानाक मानिएको यो भाइरसका कारण शनिवारसम्ममा देशभर ६ लाख २६ हजार ५३५ जना संक्रमित भएका छन् भने निको हुनेको संख्या ५ लाख २७ हजार १११ पुगेको छ । 

 

कोरोना संक्रमण नियन्त्रण र रोकथाममा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तुलनामा यसपटक स्थानीय तहका जनप्रतिनिधिहरुले वढी क्षति व्यहोर्नुपरेको छ । 

 

गत बैशाखयतामात्र ७५३ स्थानीय तहका २० जना जनप्रतिनिधिले कोरोनाकै कारण ज्यान गुमाएका छन् । 

 

नियन्त्रण र उपचारमा खटिदा खटिदै संक्रमित भएर ज्यान गुमाउनेमा नगरपालिकाका जनप्रतिनिधि वढी छन् । 


हालसम्म नगरपालिकाका १३ जनप्रतिनिधिले ज्यान गुमाउँदा गाउँपालिकाका ७ जना प्रतिनिधिको पनि कोरोनाकै कारण ज्यान गएको छ । 

 

गाउँपालिका महासंघ र नगरपालिका संघले उपलव्ध गराएको तथ्यांक अनुसार नगरप्रमुखदेखि वडा सदस्यसम्मले कोरोनाका कारण ज्यान गुमाएका छन् । 

 

हेर्नुहोस् क-कसले गुमाए ज्यान :
 

नाम   पद  स्थानीय तह
धावा वाङ्गेल लामा (प्रेम लामा) वडाध्यक्ष, वडा नं. ७ शैलुङ गाउँपालिका, दोलखा
तेजुमाया भण्डारी परियार कार्यपालिका सदस्य ताराखोला गाउँपालिका, बागलुङ
मदारुदिन जागा वडा सदस्य     जानकी गाउँपालिका, कैलाली
पुर्णबहादुर चौधरी वडा अध्यक्ष, वडा नं. ३  दंगीशरण गाउँपालिका, दाङ
इन्द्रबहादुर सुनार  कार्यपालिका सदस्य     महाबु गाउँपालिका दैलेख
जाकिर हसुने खाँ     वडा सदस्य, वडा न. ७  खजुरा गाउँपालिका, बाँके
श्रीप्रसाद शिगु     वडाध्यक्ष, वडा न. ४ हिलिहाङ गाउँपालिका, पाँचथर
इन्द्रसिंह राजबंशी वडा सदस्य, वडा नं ८ भद्रपुर नगरपालिका, झापा
चन्दन मेचे     वडाध्यक्ष, वडा नं ७ मेचीनगर नगरपालिका
महेन्द्र पण्डित वडासदस्य, वडा नं ४ माधवनारायण नगरपालिका
बिनोद कुमार मण्डल वडाअध्यक्ष, वडा नं ५ मिथिला बिहारी नगरपालिका
आशा चौधरी उपप्रमुख सप्तकोशी नगरपालिका
रामेश्वर यादव वडाध्यक्ष गरुडा नगरपालिका
वासुदेव साहनी वडाध्यक्ष गरुडा नगरपालिका
कोशिला देवी दास वडा सदस्य जनकपुरधाम उपमहानगरपालिका
बुद्धि बहादुर तामाङ वडाध्यक्ष     शंकरापुर नगरपालिका
नविन थापा     वडासदस्य     वुटवल उपमहानगरपालिका
ओम बहादुर वुढा     नगरप्रमुख त्रिपुरा सुन्दरी नगरपालिका
विनोद कुमार विक वडाध्यक्ष बढीमालिका नगरपालिका
जमनसिंह देउवा वडासदस्य     लम्किचुहा नगरपालिका