close

सिन्थेटिक विषादी निषेध गर्ने विषयमा स्वीट्जरल्यान्डमा मतदान हुँदै

सिन्थेटिक विषादी निषेध गर्ने विषयमा स्वीट्जरल्यान्डमा मतदान हुँदै

Trulli
ADVERTISEMENT

एजेन्सी- स्वीट्जरल्यान्डमा सिन्थेटिक विषादीमाथि प्रतिबन्ध लगाउने प्रस्तावमा आज मतदान हुँदैछ । मतदानमा विषादीको प्रयोगमा प्रतिबन्ध लगाउने विषय सबैभन्दा पेचिलो बनेको छ । किसानहरुबीच नै यो विषयलाई लिएर तिब्र मतान्तर र बहस जारी छ । 

 

सिन्थेटिक विषादीबाट मुक्त स्वीट्जरल्यान्ड भन्ने पक्षधरहरुले १० वर्षभित्र स्वीट्जरल्यान्डमा विषादीमाथि प्रतिबन्ध लगाउन आह्वान गरिरहेको छ । उनीहरुले विषादी हालेका विदेशबाट आयातित खाद्यवस्तुलाई पनि गैरकानुनी बनाउनु पर्ने माग गरिरहेका छन् ।


सफा खानेपानी र स्वस्थ खाद्य नारा लिएका पक्षधरहरुले विषादी प्रयोग नगर्ने फार्महरु तर बिरामी पशुको उपचारका लागि एन्टिबायोटिक प्रयोग गरेमा सरकारी अनुदान उपलब्ध गराउनु पर्ने माग गरिरहेका छन् ।

 

शहरी मतदाताहरुले प्रस्तावको पक्षमा मतदान गर्ने सम्भावना देखिएको छ, र ग्रामीण क्षेत्रका मतदाताहरुले विपक्षमा मतदान गर्ने मत सर्वेक्षणले देखाएको छ । तर सर्वेक्षणले दुबै प्रस्ताव अस्वीकृत हुन सक्ने अनुमान गरेको छ ।

स्वीट्जरल्यान्डमा यो सहित आतंकवाद विरोध उपाय र कोभिड-१९ का कानुनसमेत विभिन्न जल्दाबल्दा विषयमा पनि मतदान हुँदैछ । अधिकांश व्यक्तिले हुलाक मार्फत मतदान गरिसकेका छन् । मतदान सकिए लगत्तै मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको छ ।