close

कोरोनाले वैदेशिक रोजगारी बिथोले पनि रेमिट्यान्समा सुधार 

कोरोनाले वैदेशिक रोजगारी बिथोले पनि रेमिट्यान्समा सुधार 

Trulli
ADVERTISEMENT

काठमाडौं– राष्ट्र बैंकका अनुसार मुलुकभित्र चालू आर्थिक वर्षको १० महिनामा ८ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिनाको मुलुकको आर्थिक विवरणअनुसार कोरोनाका कारण विदेश जाने कामदारमा कमी आए पनि विप्रेषणमा भने सुधार देखिएको हो ।

 

समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव २ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६ दशमलव ३ प्रतिशतले घटेको थियो । 

 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ दशमलव १ प्रतिशतले वृद्धि भई ६ अर्ब ८७ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७ दशमलव ६ प्रतिशतले घटेको थियो । सोही अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ६० दशमलव ३ प्रतिशतले घटेको छ ।

 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २ दशमलव ७ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४९ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांक छ । 

 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४ दशमलव ६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७ दशमलव २ प्रतिशतले वृद्धि भई ९ खर्ब ३ अर्ब अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६ दशमलव ९ प्रतिशतले घटेको थियो ।