close

गण्डकीको बजेटः कोरोनाका कारण बाबुआमा गुमाएका बालबालिकालाई मासिक ५ हजार

गण्डकीको बजेटः कोरोनाका कारण बाबुआमा गुमाएका बालबालिकालाई मासिक ५ हजार

Trulli
ADVERTISEMENT

कास्की- गण्डकी सरकारले कोरोनाका कारण बाबु आमा गुमाएका बालबालिकालाई मासिक ५ हजार राहत दिने भएको छ । 

 

मंगलबार बजेट मार्फत राहतको घोषणा गरिएको हो । यस्तै, मृत्यु भएका नागरिकका परिवारलाई ५० हजार राहत उपलब्ध गराउने प्रदेश सरकारले बजेटमा व्यवस्था गरेको छ । 


सरकारले खोप खरिदका लागि आवश्यक बजेट छुट्याएको जनाएको छ । अर्थमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघ सरकारसँगको समन्वयमा बेलैमा नागरिकलाई खोपको व्यवस्था गर्ने बताए ।