close

लुम्बिनीको बजेटः प्रदेशका १ हजार ९२ जनालाई रोजगारी, कृषि गाउँलाई ३५ करोड

लुम्बिनीको बजेटः प्रदेशका १ हजार ९२ जनालाई रोजगारी, कृषि गाउँलाई ३५ करोड

Trulli
ADVERTISEMENT

रूपन्देही- लुम्बिनी प्रदेश सरकारले स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।


लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७८÷८९ को बजेट प्रस्तुत गर्दै सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरी सो कुरा बताएका हुन् ।


दूधमा आत्मनिर्भर बनाउन प्रदेशले ८ करोड रुपैयाँ विनियोजन गरेको छ । दुग्ध उत्पादनको विविधीकरण गरी छुर्पी एवं दुग्ध उद्योग सञ्चालन गर्न बजेट विनियोजन गरिएको हो ।


कोरोनाको महामारीमा फ्रन्टलाइनमा रहेर खटिएका सबैलाई गत वर्ष दिइने भनेको प्रोत्साहन भत्ता यो वर्ष पनि निरन्तर हुनेछ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायतलाई प्रोत्साहन भत्ता दिइने मन्त्री चौधरीले बताए ।


कृषिलाई प्राथमिकतामा राखेको प्रदेशले कृषि प्राविधिक सेवामा कृषकको पहुँच कार्यक्रमअन्तर्गत प्रदेशका सबै पालिका र वडामा कार्यक्रम सञ्चालन गर्न ३३ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसबाट १ हजार ९२ जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ ।


लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई विशिष्टीकृत सुविधासहितको अस्पताल बनाउन २५ करोड रुपैयाँ विनियोजन भएको छ । रूपन्देहीको सैनामैनामा स्यानिटेसन पार्क निर्माण गर्न १ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।


यस्तै, लुम्बिनी प्रदेशका सबै सरकारी अस्पतालमा कोरोनाको उपचार निःशुल्क हुने मन्त्री चौधरीले बताए ।