close

ईन्द्रावतीमा बाढी: एक महिलाको मृत्यु

ईन्द्रावतीमा बाढी: एक महिलाको मृत्यु

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक- अबिरल वर्षाका कारण आएको बाढीले बगाउदा एक महिलाको मृत्यु भएको छ । बाढीले बगाउदा हेलम्बुका टिकामाया खड्काको मृत्यु भएको हो । 

धेरै बेपत्ता भएको आशंका गरिएको छ । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र हेलम्बु हुँदै आएकाको बाढीले हेलम्बु गाँउपालिकाको तिम्बु र चनौटे बजारमा डुबानमा परेको छ। अविरल बर्षाका कारण आएको बाढीले ग्याल्थुममा रहेका ट्राउट फर्म, रिसोर्ट बगाएको प्रहरीले जानकारी दिएको छ । 


मेलम्ची आयोजनामा काम गर्नेहरू बस्ने चाईनिज क्याम्पमा समेत बाढी पसेको छ । अम्बाथानको सशस्त्र क्याम्प पनि जाेखिममा रहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।


तिम्बुदेखि त नदिकिनारमा रहेका धेरै घरहरू बगाएको स्थानीय अर्जुन भण्डारीले बताए । अझैसम्म निरन्तर वर्षा भईरहेकोले उद्दार तथा खोजीमा समेत समस्या भईरहेको छ ।