close

बेलकाले कृषिमा गरेको सहयोगले सदा समुदाय नतमस्तक (भिडियो खबर)

बेलकाले कृषिमा गरेको सहयोगले सदा समुदाय नतमस्तक (भिडियो खबर)

ADVERTISEMENT

उदयपुर- उदयपुरको बेलका नगरपालिकाले ‘उत्पादनमा हाम्रो साथ, बस्दिन म खाली हात’ भन्ने मुल नारालाई तीब्रता दिएको छ । बेलका नगरपालिका वडा नं २ र बेलका नगरपालिकाको संयुक्त आयोजनामा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले ४ बिगाहा क्षेत्रफलमा सामूहिक रुपमा खेती सुरु गरिएको छ। नगरपालिकाको विपन्न सदा बस्तीको जीवनस्तर उकास्न पनि कृषि खेतीमा लगानी गरेको हो ।

 

नगरपालिकाको आर्थिक सहयोग र हौसलामा अहिले सदा बस्तीवासीले तरकारी खेती गरिरहेका छन् । उदयपुरको बेलका नगरपालिकास्थित अति विपन्न बस्तीका रूपमा रहेको सदा बस्तीको अहिले मुहार फेरिँदै छ । दैनिक ज्याला मजदुरी गरेर बस्ने यो बस्ती अहिले कृषि कर्ममा होमिएको छ । जसको सम्पूर्ण श्रेय नगरपालिकालाई जान्छ ।

 

नगरपालिकाको सहयोगमा सदा समुदायको जीवनस्तर पनि फेरिँदै गएको छ । नगरपालिकाले २८ कठ्ठा जग्गा लिजमा लिएर ‘घुम्ने तरकारी उत्पादन महिला कृषक समूह’ स्थापना गरेर १४ घरधुरीका सदा समुदायलाई सामूहिक तरकारी खेतीमा आकर्षित गर्न सफल भएको छ । कृषक पनि पालिकाको सहयोगप्रति नतमस्तक छन् । 


रामदेव सदा जस्तै अरु पनि ज्याला मजदुरी गर्नुभन्दा स्वावलम्बी हुन पाउँदा दंग छन् । लामो समयदेखि अर्काको ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने गरेकोमा स्थानीय सरकार आए पश्चात् आत्मनिर्भर बन्न पाउँदा उनीहरूको खुसीको सीमा छैन । नगरका विभिन्न साझेदारी संस्थाको सक्रियतामा सदा समुदायलाई अहिले मौसमी तथा बेमौसमी तरकारी खेती गर्न आवश्यक पर्ने बिउ–बिजन तथा प्राविधिक सहयोग समेत गरिएको छ । 

 

अहिले देशभर निषेधाज्ञा जारी गरिएको छ । हरेक क्षेत्र बन्द रहेकाले ज्यालादारी काम गर्न पनि पाइएको छनै । बिहान र बेलुकाको छाक कसरी कटाउने भन्ने चिन्ताले उनीहरूलाई सताइरहेको बेला नगरपालिकाको सहयोगले राहत मिलेको छ । 

 

सदा बस्ती अन्य समुदाय भन्दा अपहेलित र पिछडिएको छ । अशिक्षित समुदायको रूपमा परिचित भएकाले पनि यसलाई उकास्न नगरपालिकाले पहल गरेको हो । सामाजिक रूपमा आत्मनिर्भर बनाउने र जीविकोपार्जनलाई सहज बनाउने रणनीति सफल हुँदै गएकोमा पालिका पनि खुसी छ ।

 

यो त्यस्तो समुदाय हो, जहाँका बालबालिका विद्यालय पनि जाँदैनन् । विपन्न भएकाले पनि परिवारले बालबालिकालाई विद्यालय पठाउने गरेका छैनन् । पालिकाले कृषि कर्ममा आकर्षित गर्दै स्वावलम्बी त बनाएको छ नै बालबालिकाका लागि समुदायमा नै एक जना शिक्षकको पनि व्यवस्था गरेको छ । समुदायका लागि बेलकाले गरेको सहयोग साँच्चै सराहनीय छ । अन्य पालिकाले पनि सिक्न आवश्यक छ ।