close

वाणगंगाको बाढीले भत्कायो कजवे

वाणगंगाको बाढीले भत्कायो कजवे

Trulli
ADVERTISEMENT

कपिलवस्तु– कपिलवस्तुको वाणगंगा नदीमा आएको बाढीले वडा नम्बर ६ को बनगाई र वडा नम्बर ६ कोपवा जोड्ने कजवे भत्काएको
छ । 

 

३ दिनदेखि लगातार परेको पानीका कारण कजवेको उत्तरतर्फको भाग भत्काएको स्थानीय मोहन बेल्वासेले बताए । नदीको बहावले उत्तर किनारातर्फको भाग गत वर्षदेखि कटान गर्दै आएको थियो ।

 

पानी निकासका लागि बनाइएको भागबाट नगई हाल भत्किएको भागको जगमुनिबाट बग्दै आएको थियो । पानी बग्ने धार परिवर्तन नगर्दा गत वर्ष कमजोर बनाएको संरचना भत्किएको हो ।

 

उक्त कजवे ४ वर्ष अगाडि संघीय सरकारको बजेटले निर्माण भएको थियो । नीलगिरि जेभीले करिब ३ करोड रुपैयाँ लागतमा कजवे निर्माण गरेको वाणगंगा नगरपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष विष्णु गिरीले जानकारी दिए ।

 

भत्किएको कजवे नजिकबाट नगरपालिकाले नदीजन्य पदार्थ बिक्रीका लागि ठेक्कासमेत लगाएको थियो । कजवे छेउबाट गिटी, बालुवा निकाल्दा नदिले धार परिवर्तन गरेको थियो । ठेकेदार कम्पनीको बदमासीका कारण कजवे निर्माण कमसल भएको अध्यक्ष गिरीको आरोप छ ।