close

मिदिम खोलामा फसेका एकै परिवारका ८ जनालाई एक्जाभेटरको सहायतामा उद्दार

मिदिम खोलामा फसेका एकै परिवारका ८ जनालाई एक्जाभेटरको सहायतामा उद्दार

Trulli
ADVERTISEMENT

लमजुङ– अविरल वर्षाका कारण मध्यनेपाल नगरपालिकाको मिदी खोलामा बाढी आउँदा बीच भागमा फसेका ८ जनालाई एक्जाभेटरको सहायताबाट उद्दार गरिएको छ । 

 

मध्यनेपाल नगरपालिका वडा नम्बर ७ का एकै परिवारका ८ जनाको बुधबार उद्धार गरिएको हो । वडा नम्बर ६ र ७ बीच भएर बग्ने मिदी खोलाको बीच भागमा फसेका ८ जनालाई उद्दार गरिएको प्रहरीले जनाएको छ ।

 

इलाका प्रहरी कार्यालय भोर्लेटार प्रहरी निरीक्षक बोधराज रेग्मीका अनुसार उनीहरू मंगलबार मध्यनेपाल नगरपालिका वडा नम्बर ६ स्थित विजय बस्ती पारिपट्टि दिव्यचन्द्र सोतीको गाई फार्म नजिकै धान रोप्न गएका थिए । 

 

खोलामा बाढी पसेपछि उनीहरू त्यहीँ फसेका थिए । २ भागमा बाँडेर बगेको खोलामा बाढी पसेपछि उनीहरू बीच भागमै फसेका थिए ।
त्यही ठाउँमा गाईफार्म भएकाले उनीहरू रातभर फार्ममा सुरक्षितका साथ बसेको र बुधबार एक्जाभेटर प्रयोग गरी उद्दार गरिएको प्रहरीले बताएको छ ।

 

खोलाको बीच भागमा फसेका मध्यनेपाल नगरपालिका वडा नम्बर ७ का रतिमाया परियार, १९ वर्षीया लक्ष्मी परियार, २२ वर्षीया जमुना परियार, २० वर्षीया पुष्पा परियार, ५५ वर्षीय आइतबहादुर परियार, ३० वर्षीय कृष्ण परियार, २५ वर्षीय अर्जुन परियार, २० वर्षीय सन्दीप परियारको उद्दार गरिएको हो । 

 

उनीहरूलाई उद्दार गर्न मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डे आफैं खटिएका थिए । उद्दार गरिसकेपछि उनले तातो बनाएर खान उनीहरूलाई ३ हजार रुपैयाँसमेत दिए । 

 

राती नै गर्ने भनिए पनि निरन्तर पानी परिरहेकाले उद्दार गर्न कठिनाइ परेको र बुधबार उद्दार गर्न सफल भएको प्रमुख पाण्डेले बताए । खोलाको बीच भागमा फसेका उनीहरूले उद्दारपछि खुसी लागेको प्रतिक्रिया दिए ।