close

बेलायत सरकारको सहायता बजेट कटौती, जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने

बेलायत सरकारको सहायता बजेट कटौती, जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं- कोभिड-१९ महामारीका बेला बेलायत सरकारको सहायता बजेट कटौती गर्ने निर्णयले नेपाललगायत दक्षिण एसियाका अन्य राष्ट्रमा जनस्वास्थ्य क्षेत्रमा नकारात्मक प्रभाव पर्ने देखिएको छ ।


अमेरिकी राष्ट्रपति जे वाइडनले यौन तथा प्रजनन स्वास्थ्य क्षेत्रमा असर पारिरहेको नीति ग्लोबल ग्याग रुललाई ५ महिना अगाडि हटाउने निर्णय गरेलगत्तै बेलायत सरकारले दक्षिण एसियाली मुलुकलाई जनस्वास्थ्यका क्षेत्रमा दिँदै आएको सहायता बजेट कटौती गरेको हो ।


बेलायत सरकारको सहायता बजेट कटौतीबाट आईपीपीएफको करिब १ सय मिलियन डलर बराबरको रकम कटौती हुनेछ । यसले गर्दा १४१ सदस्य संघ राष्ट्रका ठूलो संख्यामा रहेका किशोरकिशोरी, युवा तथा महिला यौन तथा प्रजनन स्वास्थ्य सेवाबाट वञ्चित हुनेछन् । 


नेपाल परिवार नियोजन संघ अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघको एक सदस्य संघ हो । बेलायत सरकारको सहायता बजेट कटौतीबाट नेपालमा विशेषगरी मानवीय विपद् प्रभावित क्षेत्रका यौन तथा प्रजनन स्वास्थ्य सेवाबाट वञ्चित सीमान्तकृत समुदायलाई लक्षित गरी नेपाल परिवार नियोजन संघद्वारा सञ्चालन भइरहेको पहुँच परियोजना बन्द हुने अवस्थामा पुगेको छ । 


यसबाट ठूलो संख्यामा किशोरी तथा महिला यौन तथाप्रजनन स्वास्थ्य सेवाबाट वञ्चित हुनेछन् । विशेषगरी मानवीय विपद् क्षेत्रका करिब १ लाख २० हजार सीमान्तकृत तथा जोखिम समुदायका व्यक्ति यी सेवाबाट प्रत्यक्ष प्रभावित हुने नेपाल परिवार नियोजन संघका व्यवस्थापक डा. नरेशप्रताप केसीले बताए । यसको प्रभाव संघका दक्ष सेवाप्रदायक तथा कर्मचारीको कटौतीमा पनि पर्ने उनको भनाइ छ ।