close

खुल्यो अवरुद्ध सन्धिखर्क-गोरुसिंगे सडक

खुल्यो अवरुद्ध सन्धिखर्क-गोरुसिंगे सडक

Trulli
ADVERTISEMENT

अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्क-गोरुसिंगे सडक खण्ड लगातारको वर्षाका कारण अवरुद्ध भए पनि गए रातीदेखि खुलेको छ । विभिन्न ठाउँमा पहिरो जाँदा गए रातीदेखि अवरुद्ध सडक ६ बजेदेखि सुरु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।


सरोकारवाला निकायसँग समन्वय गरी प्रहरीको सक्रियतामा अवरुद्ध सडक सञ्चालनमा ल्याइएको हो । अवरुद्ध सडक सञ्चालनमा आएपछि बीच बाटोमै रोकिएका एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि हिँडेका यात्रु आ–आफ्नो गन्तव्यमा लागेका छन् ।

 

खोलाले बगाएर १ जना बेपत्ता
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ५ मा रहेको मथुरा खोलाले बगाएर १ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर ५ का चोलानाथ अधिकारी खोलाले बगाएर बेपत्ता भएका हुन् । अधिकारीको खोजी जारी राखिएको प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी दिए ।


‘हामीले खोलाले बगायो भन्ने जानकारी पाउनासाथ तत्काल उद्दार टोली खटाएका छौँ । स्थानीयले पनि प्रयास गरिरहेका छन् । अहिलेसम्म पत्ता लागेको छैन । अधिकारी सदगद कार्यका लागि खोलामा गएको समय बगाएको भन्ने जानकारी आएको छ ।’


अविरल वर्षाले खोला बढेर आउजाउमा कठिन भइरहेको छ । वर्षाले जिल्लामा मानवीय क्षति नभए पनि भौतिक क्षति भने पु¥याएको छ । जिल्लाभरको क्षति संकलन गर्ने काम भइरहेको प्रहरीले बताएको छ ।