close

डिप्लोमा इन सिभिल इञ्जिनियरिङको पहिलो सेमेस्टरको नतिजा: सिरिजंगाको सिनाम अब्बल

डिप्लोमा इन सिभिल इञ्जिनियरिङको पहिलो सेमेस्टरको नतिजा: सिरिजंगाको सिनाम अब्बल

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंगा गाउँपालिकास्थित सिनाम बहुमुखी क्याम्पस/सिनाम नमुना माध्यमिक विद्यालयको डिप्लोमा इन सिभिल इन्जिनियरिङको पहिलो सेमेस्टरको नतिजा औसत राष्ट्रिय दरभन्दा करिब ६० प्रतिशत ल्याएको छ ।


देशको औसत उत्तीर्ण दर २४ प्रतिशत रहेकामा सिनाम बहुमुखी क्याम्पसको नतिजा भने ८४.६२ प्रतिशत रहेको क्याम्पस प्रमुख महेन्द्रप्रकाश गौतमले जानकारी दिए । 


नेपाल शिक्षक महासंघ ताप्लेजुङका अध्यक्ष रहेका उनी क्याम्पस प्रमुख र सिनाम नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत हुन् । उनका अनुसार १६ जना विद्यार्थीले सिभिल इन्जिनियरिङको प्रथम सेमेस्टरको परीक्षा लेखेकामा १४ जनाले राम्रो नतिजा ल्याएका छन् । 


गौतमले अबको लक्ष्य शतप्रतिशत नतिजा ल्याउनु रहेको बताए । सिनाम बहुमुखी क्याम्पस÷सिनाम नमुना माध्यमिक विद्यालयमा जिल्लामै पहिलो पटक सिभिल इन्जिनियरिङको ३ वर्षे कोर्ष र आईएसीएजीमा ३ वर्षे कोर्ष सञ्चालनमा छ ।


यहाँ १८ महिने जेटिएको पनि पढाइ भइरहेको छ । क्याम्पसमा विज्ञान, व्यवस्थापन र शिक्षा संकायमा अध्यापन हुने गर्छ । क्याम्पस तथा विद्यालयका सबै तहमा गरी २ हजार बढी विद्यार्थीले अध्ययन गरिरहेको गौतमले जानकारी दिए ।