close

भत्ताको ५३ लाख चोरी प्रकरणः मन्त्रालय तानिए पञ्चकन्याका प्रमुख प्रशासकीय अधिकृत 

भत्ताको ५३ लाख चोरी प्रकरणः मन्त्रालय तानिए पञ्चकन्याका प्रमुख प्रशासकीय अधिकृत 

Trulli
ADVERTISEMENT

काठमाडौं– नुवाकोटको पञ्चकन्या गाउँपालिकाको वडा नम्बर २ बाट ५३ लाख रुपैयाँ चोरी भएको प्रकरणलाई लिएर संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीलाई मन्त्रालयमा तानेर अनुसन्धान थालेको छ । 
 

सामाजिक सुरक्षा भत्ता वितरण गर्न भन्दै बैंकवाट झिकेको ५० लाख रुपैयाँ र वडा कार्यालयमा भएको ३ लाख गरी ५३ लाख रुपैयाँ चोरी भएपछि यो घटनासँग जोडेर मन्त्रालयले प्रशासकीय अधिकृतमाथि छानविन थालेको हो ।


मन्त्रालयले गठन गरेको छानविन समिति पञ्चकन्या पुगेर स्थलगत अध्यययन गरेर फर्किएलगत्रै मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पुडासैनीलाई मनत्रालयमा सरुवा गरेको हो । उनलाई अतिरिक्त समूहमा राखेर काम बिहीन बनाइएको छ । 


मनत्रालयले यो घटनाको छानविन गर्न  उपसचिव मदन कोइराला संयोजक र लेखा अधिकृत उमेश्वर काफ्ले सदस्य रहेको समिति बनाएको थियो । समिति गाउँपालिका नै पुगेर अनुसन्धान गरेर काठमाडौं फर्किसकेको छ । 
 

‘चोरीको घटनामा प्रमुख प्रशासकीय अधिकृतको धेरै कोणवाट कमजोरी देखिएको छ, उहाँलाई मन्त्रालयमा तानेर अनसनधान गरिरहेका छौं,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीले पालिकाखबरसँग भने ।

 

यसअघि मन्त्रालयले निलम्बन नै गर्ने तयारी गरेको भएस्पनि घटनावारे पहिला अध्ययन गर्ने भन्दै हाललाई काठमाडौं तानेको हो । 

 

वडा कार्यालयबाट गत २४ चैतमा पैसा चोरी भएपछि वडामै कार्यरत वडासचिवसहितका ३ जना कर्मचारीमाथि जिल्ला अदालतमा चोरी मुद्धा बिचाराधीन छ । घटनामा संलग्न भनिएका तीनैजना हाल धरौटी वुझाएर छुटिसकेका छन् ।

 

यस विषयमा पालिकाखबरले निरन्तर खबर प्रकाशन गरिरहेको छ । 

 

हेर्नुहोस् खबर

 

सामाजिक सुरक्षा भत्ताको ५३ लाख रुपैयाँ वडा कार्यालयबाटै गायब

भत्ता चोरीमा प्रशासकीय अधिकृतदेखि पालिका अध्यक्षसम्म शंकाको घेरामा

सामाजिक सुरक्षा भत्ता चोरी प्रकरण: शंकाको सुई प्रमुख प्रशासकीय अधिकृततिर सोझिँदै (भिडियो खबर)

गाउँपालिका अध्यक्षको विज्ञप्तिः गाली-बेइज्जतीका लागि तयार भएर बस्नू !

पञ्चकन्याका प्रमुख प्रशासकीय अधिकृत पुडासैनीलाई मन्त्रालय तानेर निलम्बनको तयारी 

 

खबर प्रकाशन भएपछि चासो देखाएको मन्त्रालयले प्रशासकीय अधिकृतले पालिकाको बैंक खाता खोल्न चासो नदेखाएको, १० लाख भन्दा वढी नगद एकैपटक बैंकले दिन नमिल्ने हुँदाहुदै पटक पटक यो नियमको उल्लंघन गरेको लगायतका विषयमा अनुसन्धान गरिरहेको छ । 

 

‘सदरमुकाममा भएपनि बैंकमा खाता खोलेर पैसा राख्नुपर्छ । अहिलेसम्म किन खातामा राखिएन? भत्ताको ५० लाख र त्यसअघि २० लाख रुपैयाँ पालिकाको पैसा किन वडासचिवको खातामा राखियो ? नयाँ सचिवको खातामा रकम हालेपछि अधिकृतले सुरक्षामा किन ध्यान दिएनन् ? हाम्रो यसमा गम्भीर चासो छ,’ मन्त्रालयका ती अधिकारी भन्छन् । 

 

वडासचिवले ५० लाख रुपैयाँ निकालेर डेढ घन्टाको पैदल बाटो जानुपर्ने अवस्थामा अधिकृतले किन रकम सुरक्षामा चासो देखाएनन् ? रकमको सुरक्षाका लागि किन प्रहरीलाई चिठी लेखिएन? पैसा गएपछि किन चासो देखाएनन्? बैंक खाता खोल्न नसकेपछि किन मन्त्रालयसँग समन्वय भएन जस्ता विषय गम्भीर छन् त्यसैले मन्त्रालयमै हाजिर गराएर कारवाही प्रकृया अघि वढाएका छौं,’ मन्त्रालय श्रोतले भन्यो ।