close

निर्माण व्यवसायी संघले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई दियो आर्थिक सहयोग 

चाँगुनारायणको पनि साथ

निर्माण व्यवसायी संघले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई दियो आर्थिक सहयोग 

चाँगुनारायणको पनि साथ

Trulli
ADVERTISEMENT

 

काठमाडौं– सिन्धुपाल्चोक निर्माण व्यवसायी संघले हेलम्बु र मेलम्ची बाढीपीडितका लागि सहयोग रकम उपलब्ध गराएको छ । संघले बाढीबाट प्रभावित हेलम्बु गाउँपालिकालाई ७५ हजार र मेलम्ची नगरपालिकालाई १ लाख रुपैयाँ सहयोग दिएको हो । 


यो रकम सम्बन्धित गाउँपालिका, नगरपालिकाको विपद् कोषमा जम्मा गरिनेछ । संकटको घडीमा आ–आफ्नो तर्फबाट सबैले सकेको सहयोग गर्न संघले आग्रह गरेको छ ।


बाढीपीडितलाई सहयोगका हात अगाडि बढाउन सके स्थानीयको जनजीवन पूर्ववत् फर्किन सक्ने संघको अपेक्षा छ ।  हेलम्बु, मेलम्चीको पुनः निर्माणमा साथ रहिरहने संघले प्रतिबद्धता व्यक्त गरेको छ ।


चाँगुनारायणको पनि साथ


सिन्धुपाल्चोकमा आएको बाढीका कारण प्रभावित मेलम्चीबासीलाई चाँगुनारायण नगरपालिको सहयोग गरेको छ । नगर कार्यपालिका बैठकले मेलम्चीका स्थानीयलाई ५ लाख ५५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । 


शनिबार नगरप्रमुख सोमप्रसाद मिश्रले बाढी प्रभावित क्षेत्रमा गएर सहयोग रकम हस्तान्तरण गर्ने नगरपालिकाले बताएको छ ।‘कार्यपालिकाको बैठकबाट मेलम्चीका बाढीपीडितलाई सहयोग गर्ने निर्णय गरेका छौँ । उक्त क्षेत्रको निरीक्षणसँगै सहयोग रकम लिई सम्भव भएसम्म शनिबार सो क्षेत्रमा पुग्नेछु,’ मिश्रले भने ।