close

१ महिनामा वाणिज्य बैंकले जम्मा गरे ३६ अर्ब

१ महिनामा वाणिज्य बैंकले जम्मा गरे ३६ अर्ब

Trulli
ADVERTISEMENT

काठमाडौं– निषेधाज्ञाको १ महिनामा वाणिज्य बैंकले ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको तथ्यांक सार्वजनिक भएको छ ।


अघिल्लो महिनाको तुलनामा बैंकको निक्षेप ३ गुणाले बढेको नेपाल बैंकर्स संघले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । वैशाखमा ११ अर्ब निक्षेप संकलन गरेका बैंकहरूमा जेठमा मात्रै ३६ अर्ब रुपैयाँ निक्षेप आएको छ । 


कर्जा लगानी पनि जेठमा ३५ अर्ब रुपैयाँ भएको छ । कर्जा लगानी भने अघिल्लो महिनाको तुलनामा घटेको छ । अघिल्लो महिना ३८ अर्ब रुपैयाँ कर्जा लगानी भएको संघको तथ्यांक छ ।

 

हालसम्म वाणिज्य बैंकको निक्षेप संकलन ३९ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ३६ खर्ब ४६ अर्ब छ । जेठको अन्तिम ३ दिनमै ९ अर्ब निक्षेप भित्रिएको थियो भने कर्जा लगानी ४ अर्ब रुपैयाँ भएको देखिएको छ ।