close

शिवराजका ४ सय ६३ कृषकले पाए आधुनिक कृषि औजार (भिडियो खबर)

शिवराजका ४ सय ६३ कृषकले पाए आधुनिक कृषि औजार (भिडियो खबर)

ADVERTISEMENT

कपिलवस्तु- नेपाललाई कृषि प्रदान देशका रूपमा चित्रण गर्ने गरिएको भएपनि कृषि क्षेत्रमा नै बजेटले भने प्राथमिकता पाउँदैन । हरेक वर्ष सरकारको बजेट भाषणमा आफ्ना लागि उत्कृष्ट केही बजेट आयो कि भनेर कृषक कान थापेर बसेका हुन्छन् । तर, भाषणमा समावेश पुरानै कार्यक्रम र योजनाले किसान निराश हुने गर्दछन् । अहिले त तीनै तहको सरकार छ । त्यही अनुसार कार्यक्रम आउने अपेक्षा पनि कृषकको हुने गर्दछ । तर, जीवन उकास्ने कुनै पनि योजना भने आउने गरेको छैन ।

 

दुई वर्ष देखि कोभिडको कारण कृषकको उत्पादनले मुल्य पनि पाएको छैन । तर, कपिलवस्तुको शिवराज नगरपालिकाले भने कृषकलाई पालिकाको तर्फबाट उपहार दिएका छन् । पालिकाले ४ सय बढी कृषकलाई आधुनिक कृषि उपकरण तथा औजार ७५ प्रतिशत अनुदानमा उपलव्ध गराएको छ ।

 

नगरपालिकाको अनुदानबाट ४ सय ६३ कृषक लाभान्वित भएका छन् । २ वर्ष देखि कोभिडको मारमा परेका कृषकलाई वार्षिक कार्यक्रम अन्तर्गत नगरपालिकाले विभिन्न उपकरण एकसाथ प्रदान गरेको हो । किसानको माग अनुसार पालिकाले हाते ट्र्याक्टर, पम्सेट, धान काट्ने मेसिन, मकै छोडाउने मेसिन लगायतका औजार अनुदानमा वितरण गरेको थियो । यो कार्यक्रमबाट ११ वडाकै कृषक लाभान्वित भएका छन् । 

 

नगरका २ सय २८ जना कृषकलाई पम्पसेट, ४५ जनालाई हाते ट्र्याक्टर, २० जनालाई धान काट्ने मेसिन, ५ जनालाई मकै छोडाउने मेसिन, ६९ जनालाई स्प्रे, ६० जनालाई सिँचाई मोटर र ३६ जनालाई बोरिङ उपलब्ध गराइएको छ । पालिकाले १ करोड १५ लाखको लगानीमा कृषि सामग्री खरिद गरेको थियो । पालिकाको ७५ प्रतिशत अनुदान र किसानको २५ प्रतिशत लगानीमा ति सामग्री प्रदान गरिएको हो ।

 

कृषिमा आधुनिकीकरण र उत्पादनमा वृद्धि गर्नको लागि नगरपालिकाले कृषकलाई हरेक वर्ष सहयोग गर्दै आएको छ । आधुनिक कृषि औजार उपकरण र सिँचाइका सामग्रीले कृषकलाई कृषिकर्म गर्न निकै सहयोग पुग्नेमा नगरपालिका विश्वस्त छ । 

 

प्रदेश सरकारले मंगलबार मात्रै बजेट ल्याए । बजेटमा कृषिसँग जोडिएका महत्वपूर्ण र नयाँ योजना परेनन् । कृषिका लागि भनेर केही कार्यक्रममा भने आएका छन् । तर, त्यसले मात्रै पुग्दैन । त्यसैले शिवराज नगरपालिकाले आगामी बजेट र कार्यक्रमा पनि कृषकका लागि नयाँ योजना, अनुदान र उपकरण सहयोग गर्ने नीति ल्याउन आवश्यक छ ।