close

ताप्लेजुङका पालिकाले कति पाए अनुदान ? यस्तो छ हिसाब

ताप्लेजुङका पालिकाले कति पाए अनुदान ? यस्तो छ हिसाब

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– प्रदेश १ को योजना तथा आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/७९ मा ताप्लेजुङसहित प्रदेशभरिका सबै स्थानीय तहले पाउने अन्तरसरकारी वित्तीय हस्तान्तरणबापतको रकम सार्वजनिक गरेको छ ।

 

आर्थिक मामिला तथा योजना मन्त्रालयले आफ्नो वेबसाइटमार्फत अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत आगामी आवमा प्रदेशभरिका स्थानीय तहलाई दिइने वित्तीय समानीकरण, ससर्त अनुदान र समपुरक अनुदानको रकम सार्वजनिक गरेको हो ।

 

१ नगरपालिका र ८ गाउँपालिका रहेको ताप्लेजुङको स्थानीय तहले आगामी आर्थिक वर्षमा प्रदेश १ बाट वित्तीय समानीकरण, ससर्त अनुदान र समपुरक अनुदानबापत १५ करोड ८३ लाख ७ हजार रुपैयाँ पाउने भएका छन् । 


यो राजस्व बाँडफाँटबाहेकको रकम हो । फुङ्लिङ नगरपालिकाले वित्तीय समानीकरणमा ९५ लाख ९७ हजार, ससर्त अनुदानमा ७ लाख ५ हजार र समपुरक अनुदानमा १ करोड गरी २ करोड ३ लाख २ हजार रुपैयाँ पाउनेछ ।

 

आठराई त्रिवेणी गाउँपालिकाले वित्तीय समानीकरणमा ६४ लाख १९ हजार, ससर्त अनुदानमा ५ लाख ५४ हजार र समपुरक अनुदानमा १ करोड गरी १ करोड ६९ लाख ७३ हजार रुपैयाँ पाउनेछ ।

 

फक्ताङ्लुङ गाउँपालिकाले वित्तीय समानीकरणमा ५८ लाख २३ हजार, ससर्त अनुदानमा ६ लाख ६२ हजार र समपुरक अनुदानबापत १ करोड गरी १ करोड ६४ लाख ८५ हजार रुपैयाँ पाउने भएको छ ।

 

मिक्वाखोला गाउँपालिकाले वित्तीय समानीकरणमा ४९ लाख २२ हजार, ससर्त अनुदानमा ५ लाख ४९ हजार र समपुरक अनुदानबापत १ करोड गरी १ करोड ५४ लाख ७१ हजार रुपैयाँ पाउनेछ ।

 

वित्तीय समानीकरणबापत मेरिङ्देन गाउँपालिकाले ६१ लाख ९१ हजार, ससर्त अनुदानबापत ५ लाख ९० हजार र समपुरक अनुदानबापत १ करोड गरी १ करोड ६७ लाख ८१ हजार रुपैयाँ पाउने भएको छ ।

 

मैवाखोला गाउँपालिकाले वित्तीय समानीकरण अनुदानमा ५५ लाख ५४ हजार, ससर्त अनुदानबापत ५ लाख ३१ हजार र समपुरक कोषबापत १ करोड गरी कुल १ करोड ६० लाख ८५ हजार रुपैयाँ पाउनेछ । 

 

यस्तै, पाथीभरा याङ्बरक गाउँपालिकाले वित्तीय समानीकरणमा ६४ लाख १८ हजार, ससर्त अनुदानमा ५ लाख ६२ हजार र समपुरक अनुदानबापत १ करोड गरी कुल १ करोड ६९ लाख ८० हजार रुपैयाँ पाउनेछ ।


सिदिङ्वा गाउँपालिकाले वित्तीय समानीकरणमा ५९ लाख ५६ हजार, ससर्त अनुदानमा ५ लाख ७३ हजार र समपुरक अनुदानमा १ करोड गरी १ करोड ६५ लाख २९ हजार रुपैँया पाउनेछ ।


वित्तीय समानीकरणमा ७० लाख ४१ हजार रुपैयाँ पाएको सिरिजंगा गाउँपालिकाले ससर्त अनुदानमा ५६ लाख ६० हजार र समपुरक अनुदानमा १ करोड गरी कुल २ करोड २७ लाख १ हजार रुपैयाँ प्राप्त गर्दै प्रदेशबाट जिल्लाभरिका स्थानीय तहमा सबैभन्दा बढी रकमको बजेट पाएको छ ।