close

बजेटको तयारीमा कपिलवस्तुका स्थानीय तह 

बजेटको तयारीमा कपिलवस्तुका स्थानीय तह 

Trulli
ADVERTISEMENT

कपिलवस्तु– कपिलवस्तुको वाणगंगा नगरपालिकाले कोभिड नियन्त्रण, रोजगारमुखी, कृषि तथा पर्यटनमा टेवा पुग्ने गरी बजेट ल्याउने तयारी गरेको छ ।

 

वाणगंगाले कोभिडका कारण रोजगार गुमाएका नागरिकका लागि स्वरोजगार बनाउने, घरघर करेसाबारी, एक गाउँ एक नर्सरी बनाउने, कृषि उत्पादनमा जोड दिने गरी बजेट ल्याउन लागेको हो ।

 

नगर उप–प्रमुख चक्रपाणि अर्यालका अनुसार फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल साइट निर्माण, औद्योगिक क्षेत्र सञ्चालनमा समेत जोड दिइनेछ । 

 

यसैगरी शिवराज नगरपालिकाले आगामी आव २०७८÷७९ का लागि आकार बढाउने गरी बजेट ल्याउने तयारी गरेको छ । पालिकाले १० असारभित्र बजेट ल्याउने तयारी गरेको छ ।

 

खरको छानोमुक्त नगर बनाउने, अस्पताल सञ्चालन, कृषि, उद्योग विकासमा प्राथमिता दिने गरी बजेट ल्याइने नगरप्रमुख नेत्रराज अधिकारीले जानकारी दिए । शिवराज १ अर्ब रुपैयाँ बढीको बजेट ल्याउने तयारीमा छ ।

 

यस्तै, विजयनगर गाउँपालिका पनि १० असार १० भित्र बजेट ल्याउने गरी जुटेको छ । विभिन्न क्षेत्रका सरोकारवालाबाट सुझाव संकलन गरी आर्थिक वर्ष २०७८/७९ का लागि ५१ करोड रुपैयाँ हाराहारी बजेट ल्याउने तयारी भएको अध्यक्ष गोपालबहादुर थापाले बताए ।

 

विजयनगरले सडक, पूर्वाधार, अस्पताल सञ्चालन, कृषिमा आधुनिकीकरण, शिक्षामा सुधारलाई प्राथमिकता दिने गरी बजेटको तयारी गरेको छ ।