close

गर्भवती तथा सुत्केरी महिलालाई कटारीको कोसेली

गर्भवती तथा सुत्केरी महिलालाई कटारीको कोसेली

Trulli
ADVERTISEMENT

उदयपुर (कटारी)- उदयपुरको कटारी नगरपालिकाले नगरभित्रका गर्भवती तथा सुत्केरी महिलालाई पोषिलो खाना तथा स्वास्थ्य सामग्री वितरण सुरु गरेको छ ।

 

नगरपालिकाद्वारा बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुनौलो हजार दिनका आमा तथा कोभिड संक्रमित महिलालाई पोषिलो खाना तथा स्वास्थ्य सामग्रीसहितको झोला वितरण गरिएको हो ।

 

नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख भीमकुमारी राउतले शुक्रबार संयुक्त रूपमा झोला वितरण गर्दै कार्यक्रम सुरु गरे । कार्यक्रमअन्तर्गत नगरका १४ वटै वडाका टोल–टोलमा पुराएर सामग्री वितरण गरिने उपप्रमुख राउतले जानकारी दिइन् । 

 

पोषण झोलामा नगरको महिला तथा बालबालिका शाखाको तर्पmबाट १ थान झोलासहित हुलास बासमती चामल ५ किलोको १ प्याकेट, आयोनुन १ प्याकेट, तोरी तेल आधा लिटरको १ बोतल, काजु १ सय ग्राम, घ्यू आधा केजीको १ डब्बा, ज्वानो २ सय ग्रामको १ प्याकेट रहेको छ । 

 

त्यसैगरी सोही पोषण झोलासँगै नगरको शिक्षा शाखाबाट नेलकटर १ थान, तौलिया १ थान, काइँयो १ थान राखिएको छ । कृषि शाखाबाट राजमा १ किलो, चना १ किलो, पशु शाखाबाट अन्डा १ क्यारेट र खानेपानी तथा सरसफाइ शाखाबाट हात धुने साबुन ५ थान झोलामा राखिएको छ ।

 

सामग्री पाएपछि गर्भवती तथा सुत्केरी महिला खुसी भएका छन् । गर्भवती तथा सुत्केरी महिलासहित आमा र बच्चा दुवैको स्वास्थ्यलाई ध्यानमा राखेर सामग्री वितरण सुरु गरिएको नगर उपप्रमुख राउतले बताइन् ।