close

पाथीभरा याङ्बरकका शिक्षकलाई विद्यालयमा हाजिर हुन निर्देशन

पाथीभरा याङ्बरकका शिक्षकलाई विद्यालयमा हाजिर हुन निर्देशन

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिकाले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर कार्यरत विद्यालयमा यथाशीघ्र हाजिर हुन पालिकाभरिका सबै शिक्षकलाई उर्दी जारी गरेको छ ।


शिक्षा अधिकृत लासाङ तामाङले सूचना जारी गर्दै १ असारबाट शैक्षिक सत्र सुरु भइसकेकाले अब सबै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनको प्रक्रियामा केन्द्रित हुन पालिकाभरका सामुदायिक तथा संस्थागत विद्यालयलाई आग्रह गरेकी हुन् ।


सूचनाअनुसार पालिकाभरिका विद्यालयले अब २० असारसम्म विद्यार्थी भर्ना अभियान चलाउनुपर्नेछ । पालिकाले पाठ्यपुस्तक तथा छात्रवृत्तिसमेत समयमै वितरण गरी सोको भर्पाइ गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा पठाउनसमेत भनेको छ । 

 

यस्तै, पालिकाले २०७८ को शैक्षिक सत्र तथा वार्षिक कार्ययोजना तथा शैक्षिक सामग्री निर्माण गर्ने÷गराउने प्रबन्ध गर्न र विद्यालय सुधार योजना तयार पार्नसमेत सबै विद्यालयलाई परिपत्र गरेको छ ।


सम्पूर्ण स्थायी शिक्षकले शैक्षिक सत्र २०७७ को तोकिएको ढाँचामा कार्यसम्पादन मूल्यांकन फाराम भरेर असार मसान्तसम्म विद्यालयमा दर्ता गराई पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाउनसमेत गाउँपालिकाले सूचित गरेको छ ।