close

बौरिँदै कोरोनाको हटस्पट बाँके

बौरिँदै कोरोनाको हटस्पट बाँके

Trulli
ADVERTISEMENT

बाँके- कोरोनाको हटस्पट मानीएको बाँके अहिले सामान्य अवस्थामा फर्किएको छ । बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जनामात्रै रहेको छन् ।

 

बाँकेका कोभिड अस्पतालका ३६१ कोभिड शय्यामध्ये ७४ जना मात्र उपचाररत छन् भने ८० प्रतिशत शय्या खाली भएका छन् ।

 

बाँकेका साना-ठूला चार अस्पतालले कोभिड कक्षका लागि छुट्याएका ३६१ शय्यामध्ये २७१ शय्या खाली भएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालको २०० शय्यामा १२५ शय्या खाली छ । 

 

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका अनुसार बाँकेमा कोरोना संक्रमणदर घट्दै गएपछि अहिले अस्पतालमा कोराना बिरामीका लागि छुट्याइएका शय्या खाली हुँदै गएका छन् । 

 

बाँकेमा कोरोना संक्रमणका कारण हालसम्म ३१० जनाको मृत्यु भएको छ ।