close

कोरोना खोप लिएर अस्पताल हिडेकी स्वास्थ्यकर्मीको विभत्स हत्या, प्रहरीले थाल्यो अनुसन्धान 

कोरोना खोप लिएर अस्पताल हिडेकी स्वास्थ्यकर्मीको विभत्स हत्या, प्रहरीले थाल्यो अनुसन्धान 

Trulli
ADVERTISEMENT

डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिकाका महिला स्वास्थ्य कर्मचारी अस्मिता धामी मृत्युको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयले दुई वटा टोली परिचालन गरेको छ । शनिबार जिल्लाको परशुराम नगरपालिका-८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामी मृत भेटिएकी थिइन् ।

 

घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र थापाले जानकारी दिए । ‘घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) को टोली खटाइएको छ । दुवै टोली डडेल्धुरातर्फ गएका छन्,’ थापाले भने ।

 

उनले धामी मृत अवस्थामा भेटिएकोले हत्या भएको हो वा होइन भनेर अहिले नै भन्न नसकिने बताए । शव पोष्टमार्टम गरेपछि मृत्युको रहस्य बाहिर आउने उनको भनाइ छ । उनले भने, ‘शरिर बाहिर छोट-पटक देखिएको छैन । भित्र के छ भन्ने कुरा पोष्टमार्टम रिपोर्ट पछि थाहा हुन्छ ।’

 

धामी परशुराम नगरपालिका-९ को हट्वानी सामुदायिक वनमा मृत फेला परेकी थिइन् । उनको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको स्थानीयले जिकिर गरेका छन् । परशुराम नगरपालिका-८ को जमरानी आधारभूत स्वास्थ्य इकाइ केन्द्रमा धामी कार्यरत रहेको बताइएको छ ।

 

उनको शनिबार हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । 

 

२ असारमा आधारभूत स्वास्थ्य इकाइ केन्द्र जमरानीबाट कोरोनाको वचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पुर्‍याउन निस्किएकी अस्मिताको शव वनमा फेला परेको हो । उनको शरिरभरी ठुल-ठुला निलडाम रहेका घटना स्थलमा पुगेका स्थानीयले जानकारी दिएका छन् ।