close

भत्ताको ५३ लाख चोरी प्रकरणः वडा कार्यालयमा कांग्रेसले लगायो ताला

भत्ताको ५३ लाख चोरी प्रकरणः वडा कार्यालयमा कांग्रेसले लगायो ताला

Trulli
ADVERTISEMENT

नुवाकोट- नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयमा नेपाली कांग्रेसका कार्यकर्ताले ताला लगाइदिएका छन् । 


गत २४ चैतमा वडा कार्यालयबाट चोरी भएको भनिएको ५३ लाख रुपैयाँ खोजी गरी दोषीलाई कारबाही नगरेसम्म ताला नखोल्ने कांग्रेसले जनाएको छ । 


वडासचिवसहित वडाका ३ जना कर्मचारीले सामाजिक सुरक्षा भत्ता वितरण गर्न भन्दै बैंकबाट निकालेको ५० लाख र वडा कार्यालयमा रहेको ३ लाख रुपैयाँ चोरी भएपछि चौतर्फी खोजी जारी छ । 

 

पालिकाखबरले यो विषयमा निरन्तर खबर प्रकाशन गरेपछि स्थानीय राजनीतिक दलले समेत चासो देखाएका हुन् । 

 

झण्डै तीन महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसक्नु र गत वर्ष मंसिरदेखि सामाजिक सुरक्षा भत्ताबापतको रकम वृद्धवृद्धाहरुले पाउन नसकेको भन्दै वडा कार्यालयमा ताला लगाइएको कांग्रेस नुवाकोटले जनाएको छ । 


यो प्रकरणमा नैतिक दोषी भन्दै संघीय मामला तथा सामान्य प्रशासन मनत्रालयले प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीलाई मन्त्रालयमा सरुवा गरेर अनुसन्धान गरिरहेको छ । 

 

मन्त्रालयले गठन गरेको छानविन समितिले पनि अधिकृत पुडासैनी नैतिक रुपमा दोषी भएको प्रतिवेदन तयार पारेको छ । मन्त्रालयले सो प्रतिवेदन अख्तियार दुरुपयोग अनुसनधान आयोगलाई बुझाउने तयारी गरिरहेको छ ।

 

 

हेर्नुहोस् खबर

सामाजिक सुरक्षा भत्ताको ५३ लाख रुपैयाँ वडा कार्यालयबाटै गायब

भत्ता चोरीमा प्रशासकीय अधिकृतदेखि पालिका अध्यक्षसम्म शंकाको घेरामा

सामाजिक सुरक्षा भत्ता चोरी प्रकरण: शंकाको सुई प्रमुख प्रशासकीय अधिकृततिर सोझिँदै (भिडियो खबर)

गाउँपालिका अध्यक्षको विज्ञप्तिः गाली-बेइज्जतीका लागि तयार भएर बस्नू !

पञ्चकन्याका प्रमुख प्रशासकीय अधिकृत पुडासैनीलाई मन्त्रालय तानेर निलम्बनको तयारी