close

राजस्व संकलन ७ खर्ब ६१ अर्ब नजिक

राजस्व संकलन ७ खर्ब ६१ अर्ब नजिक

Trulli
ADVERTISEMENT

काठमाडौं- कोरोनाको नियन्त्रणका लागि मुलुकभर निषेधाज्ञा जारी गरिए पनि वैशाखसम्म कुल ७ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको राजस्व उठेको अर्थ मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार कुल राजस्व परिचालन गन आवको सोही अवधिको तुलनामा २५ दशमलव ४ प्रतिशलते वृद्धि भएको हो । कुल राजस्वमा कर राजस्व ७ खर्ब ९ अर्ब ६२ करोड रुपैयाँ छ । गैरकर राजस्व ५१ अर्ब ३८ करोड रुपैयाँ छ । 


सोही अवधिमा अन्य प्राप्तिसहित कुल राजस्व र प्राप्ति ७ खर्ब ९७ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । गत वैशाख मसान्तसम्म गत आवको सोही अवधिको तुलनामा सम्पूर्ण शीर्षकका कर राजस्वमा वृद्धि भएको छ भने गैरकर राजस्व संकलनमा कमी आएको छ । 


कोभिड-१९ महामारीको समयमा समेत वस्तुको पैठारी निरन्तर भइरहेकाले भन्सार बिन्दुमा संकलन हुने कर राजस्वमा वृद्धि भएको हो ।  शीर्षकगत लक्ष्यमा आन्तरिकतर्फको मूल्य अभिवृद्धि कर, भन्सार महसुल र अन्य कर शीर्षकको राजस्व लक्ष्यभन्दा बढी संकलन भएको मन्त्रालयले बताएको छ । 


समग्रमा राजस्व संकलन ९४ दशमलव ६ प्रतिशत छ । यस अवधिमा भन्सार बिन्दुमा संकलन भएको कर राजस्व ३८ दशमलव ३ प्रतिशतले बढेर ३ खर्ब ४८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । यस्तै, आन्तरिकतर्फको कर राजस्व २० दशमलव ५ प्रतिशतले बढेर ३ खर्ब ६१ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । 

 

प्यान नम्बर लिनेको संख्या ४० लाख ४३ हजार नाघ्यो

अर्थ मन्त्रालयले पछिल्लो समय स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या वृद्धि हुँदै गएको जनाएको छ । मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म कुल ४० लाख ४३ हजार ७९४ ले प्यान लिएका छन् । 
 
मन्त्रालयका अनुसार सोही अवधिमा दर्ता भएका कुल करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता १५ लाख ९३ हजार ७४ पुगेको छ । यस्तै, व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २४ लाख ४१ हजार ५८६ छन् ।


करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ९ हजार १३४ पुगेको छ । मन्त्रालयका अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाताको संख्या २ लाख ८८ हजार ७०८ पुगेको छ । अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख ११ हजार ४९१ पुगेको मन्त्रालयको तथ्यांक छ ।