close

अस्मिता मृत्यु प्रकरण: न्याय माग्दै सडकमा आफन्त

अस्मिता मृत्यु प्रकरण: न्याय माग्दै सडकमा आफन्त

Trulli
ADVERTISEMENT

डडेल्धुरा- शनिबार मृतावस्थामा फेला परेकी डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर ८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको न्याय माग्दै आफन्त सडकमा आएका छन् । मृतक धामीका आफन्त अस्मिताको हत्यामा संलग्नलाई कारबाही माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । 


आफन्तले धामीलाई न्याय देऊ, घटनाको सत्य तथ्य छानबिन गर, महिला हिंसा अन्त्य गर, धामीको बलात्कारपछि हत्या गर्नेलाई फासी देऊ, स्थानीय सरकार कान खोल’ लगायत माग राखेका छन् ।

 

नगरप्रमुख भीमबहादुर साउदलाई ६ बुँदे ज्ञापनपत्र बुझाएर फर्किएका उनीहरूले जोगबुण अस्पताल परिसर बाहिर आन्दोलन गरेका थिए । उनीहरूले स्थानीय सरकारले सुरक्षा व्यवस्था कडा पारेर सुतेको समेत आरोप लगाए ।


धामीको शव शनिबार परशुराम नगरपालिका वडा नम्बर ९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो । उनको हत्या गरिएको अवस्थामा शव फेला परेको स्थानीयले दाबी गरेका छन् ।


२ असारमा आधारभूत स्वास्थ्य इकाइ केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल पु¥याउन निस्किएकी अस्मिताको शव वनमा फेला परेको हो ।


शवको पोस्टमार्टम अझै हुन सकेको छैन । धामीको शव ३ दिनदेखि जोगबुढा अस्पतालमै राखिएको छ ।
 
नगरप्रमुख साउदलाई ६ बुँदे ज्ञापनपत्र

शनिबार मृत फेला परेकी जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको न्याय माग्दै पीडित पक्षले नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । सोमबार मृतका धामीका आफन्तले नगरप्रमुख भीमबहादुर साउदलाई ६ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।


हत्याको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न तथा कडा कारबाहीका लागिसम्बद्ध पक्षसमक्ष पहलकदमी लिन, पीडित परिवारलाई उचित राहत व्यवस्था गर्न, पीडित परिवारको १ जनालाई रोजगारी ग्यारेन्टी गर्नुपर्ने आफन्तको छ ।

 

यस्तै, जमरानी आधारभूत स्वास्थ्य केन्द्रको नाम परिवर्तन गरी अस्मिता स्मृति आधारभूत स्वास्थ्य केन्द्र बनाउन, पीडितका बालबालिकालाई मावि तहसम्म प्रतिबालबालिका मासिक १ हजार रुपैयाँका दरले छात्रवृत्ति ग्यारेन्टी र उच्च शिक्षा निःशुल्क अध्ययनको व्यवस्था मिलाउन, कोभिड स्वास्थ्य बिमा उपलब्ध गराउन नगरपालिकाले पहल गर्नुपर्ने माग पनि आफन्तले राखेका छन् ।