close

खोटाङमा कोरोना जित्नेको संख्या ११०९ पुग्यो 

खोटाङमा कोरोना जित्नेको संख्या ११०९ पुग्यो 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङमा ११०९ जनाले कोरोनालाई जितेका छन् । आइतबारसम्मको तथ्यांकअनुसार जिल्लामा कोभिड-१९ को संक्रमणबाट कुल १६०६ जनालाई संक्रमण भएकामा ११०९ जना संक्रमित निको भएका हुन् । 

 

१० स्थानीय तह रहेको जिल्लामा ११०९ जनाले संक्रमण जित्दा र ६ जनाको मृत्यु हुँदा हाल सक्रिय संक्रमितको संख्या ४७३ रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए ।

 

जिल्लामा संक्रमण जित्नेको संख्या सक्रिय संक्रमितको संख्याभन्दा ६३६ ले बढी हुन पुगेको स्वास्थ्य कार्यालयले बताएको छ । यद्यपि, केही दिनयता कोभिड-१९ संक्रमण परीक्षणको दायरा भने साँघुरो पारिएको छ । 


पर्याप्त मात्रामा पिसिआर र एन्टिजेन परीक्षण गर्न छाडिएका कारण पनि संक्रमितको संख्या घटेको आकलन छ ।  अर्कातर्फ कतिपय सरकारी कार्यालयमै भीडभाड बढ्न थालेको छ । 

 

हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४०१ जना, हलेसी तुवाचुङमा १७६ जना, रावाबेँसी गाउँपालिकाका ७२ जना, केपिलासगढीमा ४४ जना, ऐँसेलुखर्कमा ९० जना, जन्तेढुंगामा ५३ जना, खोटेहाङमा ५२ जना, साकेलामा १११ जना, दिप्रुङ चुइचुम्मामा ८६ र बराहपोखरीमा २४ जनाले संक्रमण जितेका छन् । 

 

जिल्लामा हालसम्म ५ हजार ४८१ जनाको एन्टिजेन र १ हजार ८१५ जनाको पिसिआर परीक्षण गर्दा १६०६ जनालाई संक्रमण पुष्टि भएको हो । हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २०३, हलेसी तुवाचुङमा ४४, रावाबेँसी गाउँपालिकामा ३४, केपिलासगढीमा २३, ए‍ेँसेलुखर्कमा ३३, जन्तेढुंगामा १६, खोटेहाङमा ५, साकेलामा ५८ जना, दिप्रुङ चुइचुम्मामा ५८ र बराहपोखरीमा १ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए । 

 

२ नगरपालिका र ८ गाउँपालिका रहेको जिल्लामा हालसम्म २४ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ९, हलेसी तुवाचुङमा २, रावाबेँसी गाउँपालिकामा २, केपिलासगढीमा ३, ऐँसेलुखर्कमा १, जन्तेढुंगामा २, साकेलामा १, दिप्रुङ चुइचुम्मामा ३ र बराहपोखरीमा १ जना स्वास्थ्यकर्मी संक्रमित भएका हुन् । 

 

संक्रमित स्वास्थ्यकर्मीमध्ये कतिपय डिस्चार्ज भइसकेका छन् । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४, केपिलासगढी गाउँपालिकामा १ र ऐँसेलुखर्कमा १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म ३० जना जिल्ला बाहिरका अस्पतालमा रेफर भएका छन् भने २३ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ । हाल ४४९ जना होम आइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।