close

कोहलपुरमा प्रभावकारी बन्यो पशु सुत्केरी भत्ता कार्यक्रम (भिडियो खबर)

कोहलपुरमा प्रभावकारी बन्यो पशु सुत्केरी भत्ता कार्यक्रम (भिडियो खबर)

ADVERTISEMENT

बाँके- बाँकेको कोहलपुर नगरपालिकाले पशु सुत्केरी भत्ता कार्यक्रम सञ्चालन गरेको छ । दुध उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ नगरपालिकाले पशु सुत्केरी भत्ता उपलब्ध गराउँदै आएको छ । पालिकाको सहयोगले किसान पनि उत्साहित भएका छन् । नगरपालिकाले पशु सुत्केरी भत्ता कार्यक्रम पनि लागू गरेको छ । यसरी पशुपालक किसानलाई प्रोत्साहन दिने यो पालिका लुम्बिनी प्रदेशकै पहिलो हो ।

 

बाँकेको कोहलपुर नगरपालिका वडा नं. १३ अमृत पशुपालन फार्मका सञ्चालक कोमल ओलीले नगरपालिकाबाट सञ्चालित पशु सुत्केरी भत्ता कार्यक्रमबाट लाभ लिइरहेका छन् । उनले यसवर्ष मात्रै ९ वटा पशुको सुत्केरी भत्ता बुझेकी छन् भने भकारो सुधार तथा अन्य अनुदानको कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् । तर, अनुदान दुरुपयोग गर्ने नियत भएकाले सञ्चालन गरेका पशु फार्मको कारण आफुहरु जस्ता किसानलाई बाधा पुगेको उनको गुनासो छ । 

 

कोहलपुर-२ कालिका भैँसी फार्मका सञ्चालक चन्द्रबहादुर जिसीले पनि नगरपालिकाले सञ्चालन गरेको पशु सुत्केरी कार्यक्रमबाट ६ वटा पशुको सुत्केरी भत्ता लिएका छन् । उनको पनि पालिकासँग उत्पादनको बजारीकरण संगै घाँसको बिउ, उन्नत जातको नश्ल सुधारको कार्यक्रम लागू गर्नुपर्ने माग गरेका छन् । 

 

नगरपालिकाले ‘पशु सुत्केरी भत्ता कार्यक्रम’ लाई निकै महत्व दिने गरेको छ । तीन आर्थिक वर्षदेखि नगरपालिकाले निरन्तर सञ्चालन गर्दै आएको यस कार्यक्रममा सेवाग्राही किसान निरन्तर थपिदैछन् । चालु आर्थिक वर्षमा मात्र करिव ६ सय पशुपालक किसानले पशु सुत्केरी भत्ता बुझेका छन् । चालु आर्थिक वर्षमा मात्र २ सय १७ गाई, ३ सय ५५ भैँसी गरी ५ सय ७२ ले पशु सुत्केरी भत्ता लिएको शाखाले जनाएको छ । नगरपालिकाको पशु शाखामार्फत पशु सुत्केरी भत्ता, पशु अनुदान, पशु उपचार, खोप, कृतिम गर्भाधान तथा नश्ल सुधार जस्ता कार्यक्रमसंगै किसानको माग अनुसारको घाँसको बिउ सहयोग गर्ने गरेको छ ।


नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउने उद्देश्यले पाइलट परियोजनाको रुपमा तीन वर्ष अघि कार्यान्वयनमा ल्याएको हो । नगरप्रमुखका अनुसार बजारीकरणको लागि पनि नगरपालिकाले पहल गर्ने तयारी गरेको छ । नगरपालिकाले संघ र प्रदेश सरकारसंँगको सहकार्यमा कृषि क्षेत्र र पशुपालक किसानको हितमा हुनेगरी विभिन्न खालका कार्यक्रम सञ्चालनमा ल्याएको छ । 


नेपालको पशुपालनबाट कृषि गार्हस्थ उत्पादनमा पुग्ने योगदानमध्ये भैंसीले ५३ प्रतिशत हिस्सा आगेटेको छ भने अन्य गाईले ओगटेको छ । तर, देशमै राम्रो जातका पशु अभाव छ । गाई भैँसी पालन गर्न र दुध उत्पादनमा वृद्धि गर्न पालिकाले चालेको कदम सराहनीय छ । यसलाई निरन्तरता दिन कोहलपुर नगरपालिकाले थप योजना बनाउन आवश्यक छ ।