close

मरिणको बजेट साढे ५२ करोड, स्वास्थ्य र कृषि प्राथमिकतामा

मरिणको बजेट साढे ५२ करोड, स्वास्थ्य र कृषि प्राथमिकतामा

Trulli
ADVERTISEMENT

सिन्धुली- सिन्धुलीको मरिण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नवौँ गाउँसभा तथा बर्खे अधिवेशनबाट आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो ।


सभाले आर्थिक वर्ष २०७८/७९ का लागि ५२ करोड ४० लाख २५ हजारको बजेट पारित गरेको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिए । सरकारबाट वित्तीय समानीकरणतर्फ प्राप्त हुने १० करोड ३२ लाख, राजस्व बाडँफाँटबाट ९ करोड ३६ लाख ९५ हजार, ससर्त अनुदानतर्फ १८ करोड ४० लाख र समपुरक अनुदान ५२ लाख रुपैयाँ रहेको गाउँपालिकाले जनाएको छ । 

 

बागमती प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरणतर्फ ८४ लाख, राजस्व बाडँफाँटतर्फ २ करोड ३० लाख, ससर्त अनुदानबाट प्राप्त २ करोड १ लाख ७५ हजार, समपुरक अनुदान २ करोड ८८ लाख र आन्तरिक स्रोततर्फ ३ करोड ५४ लाख ५५ हजार गरी कुल ५२ करोड ४० लाख २५ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक भएको छ ।


स्थानीय तहले १० असारभित्र नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि त्यसअगावै गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । पालिकाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।