close

निजी शौचालय निःशुल्क प्रयोग गर्न दिए ५० प्रतिशत कर छुट, यस्ता छन् थप सुविधा

निजी शौचालय निःशुल्क प्रयोग गर्न दिए ५० प्रतिशत कर छुट, यस्ता छन् थप सुविधा

Trulli
ADVERTISEMENT

काठमाडौं- महानगरपालिकाकाले कोरोना महामारीवाट पीडितहरुलाइृ छुट र सहुलियत दिने प्रस्तावसहितको बजेट पेश गरेको छ । नगरउपप्रमुख हरिप्रभा खड्गीले पेश गरेको बजेटमा कर छुटसहितका विभिन्न सहसलित दिने नीति अघि सारिउको छ । 
व्यक्तिगत शौचालय प्रयोग गर्न ५० प्रतिशत कर छुट

 

सार्वजनिक शौचालय अभाव भएको भन्दै महानगरले रेष्टुरेन्ट, होटल, पसललगायतले आफ्ना शौचालय सार्वजनिक प्रयोगमा उपलव्ध गराए व्यवसायमा लाग्ने करमा ५० प्रतिशत छुट दिने प्रस्ताव गरेको छ । तर उनीहरुले सर्वसाधारणलाई शौचालय भने निःशुल्क प्रयोग गर्न दिनुपर्नेछ । 


२०७६ देखिको करमा लाग्ने जरिमाना मिनाहा

महानगरले करदाताहरुबाट असुल हुन बाँकी रहेको आर्थिक बर्ष २०७६/०७७ देखिको सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिमानामा छुट दिने भएको छ । 

 

शैलुन व्यवसायीलाई कर छुट

महानगरले व्युटिपार्लर र सैलुन व्यवसायीमाथि लगाइँदै आएको कर नलिने घोषणा गरेको छ । 


महानगरले आठ प्रकृतिका सेवाहरु निःशुल्क उपलब्ध गराउने घोषणा पनि गरेको छ । 

 

सम्पत्ति करमा ८० प्रतिशत छुट

महानगरले कोरोनाबाट व्यवसाय प्रभावित भएको भन्दै आगामी आर्थिक वर्षमा सम्पत्ति करमा  ८० प्रतिशत छुट दिने भएको छ । 

 

कोभिड-१९ को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएको असरलाई मध्यनजर आर्थिक बर्ष २०७८/७९ को सम्पत्ति करमा थप ८० प्रतिशत छुट हुने बजेटमा उल्लेख छ । 


त्यसैगरी महानगरका करदाताले  २०७८ पुस मसान्तसम्म सम्पत्ति कर चुक्ता गरेमा १० प्रतिशत छुट दिइने उल्लेख छ । 

 

बहाल करमा १० प्रतिशत मिनाहा

घरधनीले बुझाउनुपर्ने बहालकरमा समेत महानगरले छुट दिने घोषणा गरेको छ । 


घर धनीले बुझाउने वार्षिक बहाल कर रकमको १० प्रतिशत वा २५ हजार रुपैंया मध्ये जुन रकम कम हुन्छ सो रकम छुट दिन प्रस्ताव गरिएको छ ।